काठमाडौं / प्रहरी प्रधान कार्यालयले चालू आव २०७५–७६ को ३ महिनामा ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको छ । विदेश जान आवश्यक पर्ने भएकाले प्रहरी रिपोर्ट प्रदान गरिएको छ ।
गत आवमा दुई लाख ७७ हजार ४९५ जनाले प्रहरी रिपोर्ट लिएका थिए ।
प्रहरी प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विदेशमा रहेका नेपालीलाई आवश्यक पर्ने प्रहरी रिपोर्ट छिटो छरितो उपलब्ध गराउन इमेलबाटै आवेदन लिने र इमेलबाटै प्रहरी रिपोर्ट पठाउने व्यवस्था मिलाइएको बताए ।
‘विदेश जानेलाई विभिन्न केन्द्र र सातै प्रदेशबाट आवेदन लिने तथा प्रमाणपत्र दिने व्यवस्था मिलाएका छौँ”, उनले भने, “अझै छिटोछरितो र सहज हुने गरी उपलब्ध गराउन भविष्यमा अनलाइनबाटै प्राविधिक तयार गर्ने प्रक्रिया अगाडि बढाएको छ ।”
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महानिरीक्षक भएसँगै उनले उपत्यकाका चार स्थानमा सेवा थप गरेका हुन् । हाल काठमाडौैैंको महानगरीय प्रहरी कार्यालय रानीपोखरी, महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, कालिमाटी, गौशाला, महानगरीय प्रहरी परिसर भक्तपुर र परिसर ललितपुर तथा ७ वटै प्रदेशबाट प्रहरी रिपोर्ट लिने व्यवस्था गरिएको छ ।
प्रवक्ता सुवेदीले काठमाडौं उपत्यकाभित्र भरेको फाराम ३ दिनभित्र, प्रदेश कार्यालयबाट एक हप्तामा र विदेशी नागरिकका लागि एक हप्तामा रिपोर्ट लिन मिल्ने व्यवस्था गरिएको बताए ।
इटहरी/ नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (सा... ... ...
इटहरी / ६ लेन सडक निमार्ण कार्यमा सडकको चौडाई मनप... ... ...
काठमाण्डौ/ महानगरीय ट्राफिक प्रहरी महाशाखाले त... ... ...
कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्... ... ...
काठमाडौँ । बारा जिल्लामा निर्माण हुने दोस्रो नि... ... ...
Copyright © 2017 - Pahilopustak.com All rights reserved