कुख्यात भारतीय अपराधी धिरेन्द्र यादवको खोजीमा जुट्यो प्रहरी

  • प्रकाशित मितिः कार्तिक, 5, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / नेपाल र भारतमा अपराधकर्मका बादशाह भनेर चिनिएका मुखियाजी भनिने धिरेन्द्र यादव भारतमा रिहा भएसँगै पुर्वी नेपालमा उच्च सुरक्षा अपनाईएको छ । कुख्यात अपराधी भनेर चिनिएका उनको संगठित समूह नै सकृय बनेको अनि नेपालमा रहेका निकटस्थहरुसँग भेटघाट थालेको सुचना पाएसँगै प्रहरीले सुरक्षा सर्तकता बढाएको बताईएको छ ।

इटहरीमा घर नै किनेर बसी अपराध धन्धा चलाउँने गरेका उनको केहि व्यवसायीका नाममा लगानी रहेका कारण नेपाल आएर फेरि अपराधको जालो बनाउने त्रास सहित प्रहरीले खोजी र निगरानी वढाएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

धिरेन्द्र यादव पक्राउ पछि सो नेटवर्क चलाउने गरेका सुनिल सिंह झापावाट पक्राउ परे भने विट्टु सिंह विराटनगरवाट केहि महिना अघि पक्राउ परेका थिए । कोशि क्षेत्रको आतंकका नाईके भनेर चिनिएका धिरेन्द्र जेलवाट रिहा भए लगत्तै फेरि नेपाल र भारतका सिमावर्ती क्षेत्रमा त्रास पैदा भएको छ ।

अपराध कर्मवाट आर्जन गरेको ब्लाक मनि नेपालमै रहेका निकटस्थहरुका नाममा लगानि गर्ने गरेको मानिदैं आएको थियो । सुनिल सिंह पक्राउ परेको समयमा सो मुद्धामा जोडिएका सुनसरीका केहि व्यवसायीलाई जोगाउने काम भएपछि यो विषय फेरि गुपचुप बनेको थियो ।

तर पछिल्लो समयमा धिरेन्द्रको खोजिमा जुटेको प्रहरीले सुनिल सिंह , धिरेन्द्र यादव र विट्टु सिंह निकटहरुलाई निगरानीमा राखेर खोजी थालेको प्रहरी उच्च स्रोतले जानकारी गराएको छ ।

भारतीय जेलवाट रिहा भएका कुख्यात अपराधी धिरेन्द्र यादव पुर्वी तराईका जिल्लामा घटेका दर्जनौ अपराधका घटनामा संलग्न रहेको प्रहरी अनुशन्धानमा देखिएको एक प्रहरी अधिकारीले जानकारी गराएका छन् ।

कारागारमा करिव ४० मिटर लामो सुरुङ बनाएर भागेका यादव नेपाल प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका पात्र समेत हुन् । यादव सन् २००८ जनवरी २८ मा सुनसरीको इटहरीवाट पक्राउ परेका थिए । इटहरीको रोयल रिसोर्टमा गोली चलेको सुचना पाएर पुगेको प्रहरीले पिछा गर्दै गएर संगीत चौक क्षेत्रवाट धिरेन्द्र यादवलाई पक्राउ गरेको थियो ।

पक्राउ पछि महेश यादव भएको उनले प्रहरीसँग दावी गरेको भएपनि तत्कालिन विहारको सुपौलका एसपी विनोद कुमारले पक्राउ परेका धिरेन्द्र यादव नै भएको पुष्टी गरिदिएपछि उनीमाथि सुनसरी प्रहरीले मुद्धा चलाएको थियो ।

अदालतको आदेशमा जेल चलान भएका धिरेन्द्र यादव झुम्का स्थित कारागारवाट ०६९ कार्तिक २३ गते सुरुङ खनेर भाग्न सफल बनेका थिए । सो समयमा धिरेन्द्र सँगै उनकै समूहमा रहेर काम गर्ने कुख्यात भारतीय अपराधीसहित एक बंगलादेशका कुख्यात अपराधी समेत गरी १२ जना फरार भएका थिए ।

फरार भएको केहि महिना पछि धिरेन्द्र सहित सोहि समुहका सार्प सुटर भनेर चिनिने बमबम यादव विहारवाट पक्राउ परेका थिए । पक्राउ पछि अदालतको आदेशमा कारागार चलान भएका यादव कैद भुक्तान गरी रिहा भएको खबरसँगै पुर्वि नेपालमा उच्च सुरक्षा सर्तकता अपनाईएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

नेपाल प्रहरीको मष्ट वाण्टेडको सुचिमा रहेका धिरेन्द्र भारतीय कारगारवाट रिहा भएको समयमा खिचिएको तश्विर ल्याएर पुर्वि नेपालमा खोजी थालेको बताईएको छ । यादवसँगै प्रहरीको खोजी सुचिमा सोहि समूहका सार्प सुटर बमबम यादव र सुभाष झा लगायत रहेको बताईएको छ ।

राजविराज स्थित कृषि बिकास बैंकका मेनेजरको हत्या , किर्ते नागरीकता लगायतमा यादवमाथि नेपालका विभिन्न जिल्लामा मुद्धा रहेको प्रहरीले वताएको छ । फारविसगंजका व्यवसायी अरुण गोल्छाको हत्या , राजविराजका बिक्रम साहको हत्या , विराटनगरका उध्योगि भगवान दास राठिका छोरा पवन दास राठीको अपहरण पछि फिरौति असुली , सुनसरीका व्यवसायी सुर्य किरण बोथराको अपहरण अनि फिरौती असुलीमा धिरेन्द्र यादव समुह संलग्न रहेको प्रहरीको भनाई छ ।

नेपालका विभिन्न ठाउँमा बसेर विगतमा अपराध गर्दै आएका धिरेन्द्र रिहा भएको खबरसँगै नेपाल आएको सुचना पाएपछि सर्तकता अपनाईएको प्रहरी अधिकारीको भनाई छ । नेपालमा बसेर नेपालमा पनि अपराधका घटना हुन सक्ने आशंकाले खोजीमा प्रहरी जुटेको ति अधिकारीले जानकारी गराएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved