ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा १ को मृत्यु

  • प्रकाशित मितिः कार्तिक, 5, 2075
  • पहिलोकिताव संवादताता

जनकपुरधाम / जनकपुर ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा सोमबार बिहान एक ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ।

मुजेलिया इलाका प्रहरी कार्यालयका प्रमुख सुरेन्द्र यादवका अनुसार उत्तरबाट जनकपुरधाम आउँदै गरेको ज२त ११३ नंको ट्याक्टरले हिरो होन्डा शो रुम अगाडिबाट मुजेलियातर्फ जाँदै गरेको ज९प ६१३३ नंको स्कुटर चालक जनकपुरधाम उपहानगरपालिका– १० देवी चोककका ३० वर्षीय सन्दीप नायकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो।

स्कुटरको पछाडि बसेका राकेश गम्भीर घाइते भएका र उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved