चतराबाट काठमाडौं हिडेको बस सप्तरीमा दुर्घटना : आधा दर्जन यात्रु घाइते

  • प्रकाशित मितिः कार्तिक, 5, 2075
  • पहिलोकिताव संवादताता


सप्तरी / पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा सोमबार यात्रु बस दुर्घटना हुँदा आधा दर्जन यात्रु घाइते भएका छन्। घाइते मध्ये १ को अवस्था गम्भिर रहेको छ ।

सुनसरीको चतराबाट काठमाडौं हिँडेको बा ४ ख ४४७० नम्बरको यात्रु बस शम्भुनाथ स्थित देवधार चेकमा आफैं अनियन्त्रित भइ पल्टिएको थियो।

दुर्घटनामा काभ्रेका दिपक राई, सुनसरीको वराहक्षेत्र ३ का सन्तोष लिम्बु, बराहक्षेत्र २ का लिला दाहाल, ६ का सिता राउत र ७ का जानुका वास्तोला घाइते भएका छन्। घाइते मध्ये काभ्रेका राईको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घाइतेहरूको स्थानीय अस्पताल, कल्याणपुर तथा सिरहाको लहानमा उपचार भइरहेको प्रहरी चौधरी कठौनाका सई वीरबहादुर कार्कीले बताए। बसमा करिब ३५ जना यात्रु सवार रहेको उनको भनाइ छ।

बसका चालकसहित सम्पूर्ण स्टाफ फरार रहेकाले खोजी भइरहेको कार्कीले बताए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved