कृष्णनगरमा लगाइएको कर्फ्यु हट्यो, जनजीवन सामान्य बन्दै

  • प्रकाशित मितिः कार्तिक, 5, 2075
  • पहिलोकिताव संवादताता

कपिलवस्तु / कपिलवस्तुको कृष्णनगरमा लगाइएको अनिश्चितकालिन कर्फ्यु सोमबार दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ।

दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा विवाद हुँदा कपिलवस्तु प्रशासनले आइतबार साँझ पाँच बजेदेखि कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु लगाइएको थियो।

कर्फ्यु हटेसगैँ जिल्लाको जनजीवन सामान्य हुँदै गएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले बताए । विवादले उग्र रुप लिएपछि शुक्रबारदेखि कृष्णनगर तनावग्रस्त बनेको थियो।

विवाद तीन दिनसम्म पनि साम्य नभएपछि स्थिति नियन्त्रणमा लिन आइतबार साँझ ५ बजेबाट अनिश्चितकालीन कफ्र्यु लगाइएको हो। तीन दिनदेखि रोकिएको मूर्ति विर्सजन कार्य कडा सुरक्षाका साथ गरिएको प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए।

स्थानीय युवाहरूबीचको झडपका क्रममा गोलीसमेत चलेको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved