आज हुँदैछ नेकपाको सचिवालय बैठक, यस्ता छन् छलफल हुने विषय

  • प्रकाशित मितिः कार्तिक, 5, 2075
  • पहिलोकिताव संवादताता

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बस्ने
भएको छ । आइतबार छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 पार्टीमा आन्तरिक विवादले गहिरो रुप लिइरहेका बेला स्थगित भएको सचिवालय बैठकमा सबै विषयमा बिस्तारमा छलफल गर्न दुई दिने बैठक बसेको हो ।

आइतबारको बैठकले काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले वामदेव गौतमका लागि संसद प्रवेशको मार्ग प्रसस्त गर्ने उद्देश्यसहित राजीनामाका लागि स्वीकृति माग गर्दै पेश गरेको पत्र अस्वीकृत गरेको थियो । जसका कारण वामदेवको संसद पुग्ने सपना अधुरो नै रह्यो भने रामवीरले राजीनामा दिनु परेन ।

प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवको चयनमा वरिष्ठ नेता माधवकुमार नेपालको सार्वजनिकरूपमा व्यक्त गरेको असन्तुष्टि, उपनिर्वाचन, मन्त्रीहरूको कार्यक्षमता लगायतका विषयमा विवाद साम्य नहुँदा सचिवालय बैठक पटकपटक सर्दै आएको थियो ।

बैठकमा प्रदेश कमिटिको पूर्णता, जिल्ला कमिटिको गठन, यही कात्तिक १२ १३ गते हुने स्थायी समिति बैठकको कार्यसूचि तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफलको कार्यसूचि छ । यी सबै विषयमा सोमबारको बैठकमा छलफल हुनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved