पेस्तोल र लागुऔषधसहित दुई पक्राउ

  • प्रकाशित मितिः कार्तिक, 4, 2075
  • पहिलो किताब संवाददाता

लहान / प्रहरीले नलकटुवा पेस्तोलसहित सिरहाको मिर्चैयाबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मिर्चैया नगरपालिका–१० पिपराका २० वर्षीय मुकेशकुमार महतो रहेको छ । जाँच गर्ने क्रममा लुकाइछिपाइ राखेका अवस्थामा एक थान नलकटुवा पेस्तोल फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैगरी सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ। आफ्नो घरमा तीन वटा बोरामा लागुऔषध प्याक गरी राखेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित धनगढीमाई नगरपालिका–९ का दलुवा भन्ने गङ्गाप्रसाद यादवलाई पक्राउ गरेको हो।

यादवको घरभित्र बोरामा प्याक गरिएका अवस्थामा डाइलेक्स डिसी १०० एमएलको ४४८ बोतल, नाइट्रोक्याट छ डब्बा (एक हजार ८०० थान), स्पासमोल छ डब्बा (८६४ थान) र पलोडविन १८० थान बरामद् भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved