जताततै नक्कली नोट , काठमाण्डौवाट नक्कली नोटसहित ५ पक्राउ

  • प्रकाशित मितिः कार्तिक, 4, 2075
  • पहिलो किताब संवाददाता

काठमाण्डौ / चाडवाडको मौका छोपेर बजारमा नक्कली नोट पुर्याउने योजनासहित नक्कली नोट छाप्नेहरुलाई प्रहरीले काठमाण्डौका विभिन्न ठाउँमा छापा मारेर पक्राउ गरेको छ । नक्कली नोट ३ लाख ७० हजार सहित राजधानीका विभिन्न ठाउँवाट पाँच जनालाई नक्कली नोट अनि सो बनाउन प्रयोग गर्ने मेशिन र कागजसहित पक्राउ गरीएको महानगरीय प्रहरी परिषर काठमाण्डौले जानकारी गराएको छ ।

प्रहरीले काठमाण्डौको गौशालावाट एक हजार दरका २९ वटा नक्कली नोट सहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा कागेश्वरी मनहराका २५ वर्षिय शाहिल थापा र २९ वर्षिय बिकाश दोक्चे महर्जन रहेका छन् ।उनिहरुको बयानका आधारमा प्रहरीले काठमाण्डौका विभिन्न ठाउँमा छापा मारेको बताईएको छ । प्रहरीले थप केहिलाई पक्राउ गर्नुका साथै नक्कली नोट बनाउन प्रयोग गरिएका मेशिन समेत बरामद गरेको बताईएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved