घाइते भए मेस्सी

  • प्रकाशित मितिः कार्तिक, 4, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / स्पेनिस ला लिगा फुटबलमा अंक तालिकामा आफूभन्दा माथि रहेको सेभियालाई हराएर बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । तर बार्साका चर्चित फुटवलर लियोनेल मेस्सी भने घाईते भएका छन् । तर, सेभियासँगको खेलमा बार्साका कप्तान लियोनल मेस्सी घाइते भएका छन् । खेलका क्रममा लागेको चोट कति गम्भीर हो भन्ने निर्क्यौल भै नसकेको क्लवले जनाएको छ ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोना क्याम्प नोउमा भएको खेलमा पाहुना टोली सेभियालाई ४– २ गोल अन्तरले अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो । खेलको दोश्रो मिनेटमै मेस्सीको पासमा काउन्टिन्होको गोलबाट अग्रता लिएको बार्साका लागि दोश्रो गोल १२ औँ मिनेटमा मेस्सीले गरेका थिए । २४ औँ मिनेटमा पाखुरामा चोट लागेपछि मेस्सी मैदानबाट बाहिरिए थिए ।

लुइस स्वारेजले ६३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि बार्सा ३–०ले अगाडी भएको थियो । सेभियाका पाब्लो सराबियाले ७९ मिनेटमा एक गोल फर्काए । इभान राकिटिकले ८८ औँ मिनेटमा गोल गरेर बार्सालाई ४–१ को अग्रता दिलाएका थिए । तर, अतिरिक्त समयमा सेभियाका मुरिएलले गोल गरेपछि समग्रमा बार्सा ४–२ ले बिजयी बन्यो ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved