स्याउले धान्छ दसैं

  • प्रकाशित मितिः आश्विन, 30, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / मुगुको छायानाथ–रारा नगरपालिका ४ स्थित कार्कीबडाका महेन्द्र भामले व्यावसायिक रूपमा स्याउ लगाउन थालेको ७ वर्ष बढी भयो । उनको मुख्य अम्दानीको स्रोत नै स्याउ हो ।

असोज पहिलो साताबाट स्याउ बिक्री गर्न सुरु गरेका उनले दसैं खर्च जोहो गरिसके । यस वर्ष उनले डेढ लाखको स्याउ बिक्री गरे । उनको परिवारमा २ छोरा, २ बुहारी, श्रीमती र बुवा छन् ।

छायानाथका कृषि शाखाका योजना अधिकृत केवी रोकायाका अनुसार स्याउ बिक्री गरेर दसैं खर्च जोहो गर्ने किसान धेरै छन् । ‘असोज पहिलो साताबाट टिप्न सुरु गरिन्छ,’ उनले भने, ‘किसानले चैतसम्म स्टोर गरेर बिक्री गर्छन् ।’ आजको कान्तिपुरमा समाचार छापिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved