छानविन समितिको ठहरः संस्कृत विश्वविद्यालयको टोली ‘स्वीकृतिबिनै क्यानडा’

  • प्रकाशित मितिः आश्विन, 29, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / सरकारद्वारा गठित छानविन समितिले नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी बिना स्वीकृति क्यानाडामा विश्व संस्कृत सम्मेलनमा सहभागी भएको ठहर गरेको छ ।

प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले उपकुलपति कुलप्रसाद कोइरालालाई विमानस्थलबाट जबर्जस्ती फर्काएपछि भ्रमण विवादीत बनेको थियो ।

विश्वविद्यालयकै पदाधिकारीले कोइरालामाथि आरोप लगाउँदै छानविन माग गरेका थिए ।

लगत्तै, प्रधानमन्त्रीको निर्देशनमा शिक्षा मन्त्रालयले ५ सदस्यीय छानविन समिति गठन गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

उपकुलपतिलाई फर्काएको विषयमा भने प्रतिवदेन मौन रहेको छ ।

भ्रमणमा गएकाहरुले आर्थिक विनास्वीकृति १० लाख रुपैयाँ पेस्की लिएर आर्थिक दुरुपयोग गरेको पनि उल्लेख गरेको छ ।

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति केशरजंग बरालको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री ओलाीलाई प्रतिवदेन बुझाएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved