शाकाहारी भोजनका यति धेरै फाइदा

  • प्रकाशित मितिः आश्विन, 16, 2075
  • पहिलो किताब संवाददाता

यस्ता छन् शाहाकारी भोजनका फाइदाहरु ;

१.उच्च रक्तचापबाट बचाउँछ
शाकाहारी मानिसमा मासांहारी भोजन गर्ने मानिसभन्दा उच्च रक्तचापको सम्भावना एकदम न्युन हुन्छ।

२.उर्जावान बनाउँछ
शाकाहारी भोजनको अतिरिक्त प्रभाव हुँदैन। यो भोजनले छिटो खाना पचाउनुका साथै मस्तिष्कलाई सचेत राखी बुद्धिमान बनाउँदछ । शाकाहारी भोजन सेवन गर्ने व्यक्तिलाई कम डिप्रेसन हुन्छ र उनीहरु तरोताजा महसुस गर्छन्।

३.हृदय रोगको सम्भावना कम
शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई हृदय सम्बन्धि रोग हुने सम्भावना कम रहन्छ। किनकी मांसाहारको तुलनामा शाकाहारी भोजनमा बोसो र कोलोस्ट्रोलको मात्रामा कमी हुन्छ जसले हृदय रोग लाग्ने सम्भावना कम रहन्छ।

५.किड्नी रोगबाट बचाउँछ
किड्नीको समस्याबाट बच्न शाकाहारी भोजन लाभदायक छ ।अध्ययनका अनुसार पिसाबाट प्रोटिन निक्लिनु, कोशिकाद्धारा रगत छान्नेको गति, किड्नीमा रक्त सञ्चार किड्नी सम्बन्धी विकार मासांहारी को तुलनामा शाकाहारीमा कम पाइन्छ ।

६.क्यान्सरबाट बचाउँछ
शाकाहारी भोजनले विभिन्न प्रकारको रोगबाट बचाउन पनि सहयोग गर्दछ। फोक्सो तथा आहारनलीको क्यान्सरको सम्भावना एकदमै कम हुन्छ। विभिन्न अध्ययनहरुमा पनि प्रमाणित भइसकेको छ कि शाकाहारी भोजन गर्ने व्यक्तिमा स्तर क्यान्सरको खतरा कम हुन्छ। अनाज, फलफुल, तथा सागसब्जीमा रेशा र अक्सिडेन्ट धेरै मात्रामा हुन्छ, जसले क्यान्सरलाई टाढा राख्न सहायक भूमिका खेल्छ।

शाहाकारी भोजनका अझै धेरै फाइदाहरु छन् जस्तै शरिरलाई फुर्तिलो बनाउछ, आखाँको रोशनी तेज बनाउँछ, विभिन्न किसिमका टाउको रोगहरुबाट जोगाउँछ आदी ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved