मौसमी रुघाखोकीका लक्षण र बच्ने उपाय

  • प्रकाशित मितिः आश्विन, 8, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / मौसममा भएको परिवर्तनका कारणले आउने रुघाखोकी र ज्वरोले विभिन्न उमेर समूहका व्यक्तिहरु बिरामी हुने गर्दछन्। यो रोगको प्रकोप नेपालका विभिन्न भूभागमा समय समयमा देखिने गरेको छ। वर्षा यामको शुरु तथा अन्त्य, जाडो यामको शुरु तथा अन्त्यमा साधारणतया रुघाखोकी ज्वरो, इन्फ्लुएञ्जाका विरामी वढी देखिने गर्दछन्।

यस्ता छन् लक्षण

  •  ज्वरो आउने (१००.४ डीग्री फरेनहाइट भन्दा वढी)
  • टाउको दुख्ने
  • घाँटी दुख्ने
  • रुघाखोकी लाग्ने
  • श्वास फेर्न गाह्रो हुने
  • बच्चाहरुलाई झाडा पखाला समेत हुन सक्छ

यसबाट बच्ने उपाय

  • नाक, मुख छोप्दा प्रयोग भएका रुमाल राम्ररी धोएर वा सफा गरेर मात्र पुनः प्रयोग गर्ने।
  • शंकाष्पद रोगी व्यक्तिवाट सकभर टाढै वसौं।
  • पोषिलो र झोल पदार्थ प्रशस्त मात्रामा पिउने गरौं।
  • अरुले प्रयोग गरेका रुमाल, कपडा प्रयोग नगरौं।
  • खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने गरौं।
  • आनावस्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाऔं।
  • ज्वरो रुघाखोकी लागेको विरामीको घरेलु उपचारबाट स्वास्थ्यमा सुधार नभएमा आवश्यक उपचारको लागि नजिकको स्वास्थ्य संस्थामा लैजाऔं।
  • ज्वरो आएको व्यक्तिले नगुम्सिएको, हावा ओहोर दोहोर हुने कोठामा आराम गरौं।
  • आँखा, नाक तथा मुखमा अनावस्यक रुपमा हात नलैजाऔं।
  • साबुन पानीले मिची मिची हात धुने गरौं।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved