एकदिवसीय क्रिकेट खेल्न नेपाललाई भारतको निम्तो

  • प्रकाशित मितिः श्रावण, 22, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / भारतले नेपाली यू–१९ क्रिकेट टिमलाई एक दिवसीय क्रिकेट सिरिज खेल्न निम्तो दिएको छ । भारत, अफगानिस्तानसँगै सिरिज खेल्न नेपाललाई आग्रह गरेको हो ।

कोलकातामा हुने उक्त सिरिजमा भारतको यू–१९ टोली, भारतकै नेसनल क्रिकेट एकेडेमी ९(एनसीए) र अफगानीस्तानसहित नेपालले खेल्नेछ । भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले नेपालसामु पहिलो पटक यस्तो प्रस्ताव अघि सारेको हो । भारतले प्रस्ताव अघि सारेपनि नेपाल क्रिकेट संघ (क्यान) नहुँदा सहभागिता जनाउने या नजनाउने भन्ने कुराको टुंगो लागेको छैन ।

क्यान लामो समयदेखि निलम्बनमा परेको हुँदा नेपाली क्रिकेटको सबै तयारी तथा प्रतियोगितामा सहभागिता जनाउने नजनाउने भन्ने कुरा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले हेर्दै आएको छ । आईसीसीले स्वीकृति दिएको खण्डमा मात्रै नेपालले खेल्न पाउनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved