कृषिजन्य आयातमा भन्सार बढाउने तयारी

  • प्रकाशित मितिः श्रावण, 20, 2075
  • पहिलो किताब संवाददाता

पाँचथर / कृषिजन्य वस्तु आयातका कारण स्वदेशी उत्पादनले बजार नपाउने अवस्था आएपछि सरकारले कृषि र दुग्ध पदार्थ आयातमा राजश्व बढाउने तयारी गरेको छ ।

स्वदेशी उत्पादनको खपत बढाउन यस्तो कदम चाल्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले जानकारी दिए ।

उनका अनुसार संघीय र प्रदेश मन्त्रीस्तरमा यस विषयमा समझदारी भइसकेको छ ।

गोलभेँडा, दुग्ध उत्पादनको बिक्रीमा देखिएको समस्यालाई दृष्टिगत गरी आयातित सामानमा भन्सार बढाउन लागिएको हो ।आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved