विश्वकपबाट बाहिरियो ब्राजिल

  • प्रकाशित मितिः असार, 23, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / विश्वकप विजेताको दावेदारका रुपमा हेरिएको ब्राजिल पनि बेल्जियमसँग क्वार्टरफाइनलमा २(१ गोलअन्तरले पराजित हुँदै रुस विश्वकपबाट बाहिरिएको छ। यसअघि दावेदार मानिएका अर्जेन्टिना , जर्मनी , स्पेन समेत प्रतियोगितावाट वाहिरीएका थिए ।

खेल सुरु भएको १४अौं मिनेटमा नै ब्राजिलका फर्नाडिन्होको पाखुरामा लाग्दै आत्मघाती गोल भएपछि बेल्जियमले सुरुवाती अग्रता लिएको थियो । कर्नर पाएको बेल्जियमका लागि नासिल नादिलले कर्नरबाट प्रहार गरेको बल फर्नान्डिनोको पाखुरामा लाग्दै गोल भएको थियो ।

विश्वकपमा सहभागि भएयता यसअघि सन् २०१४ को विश्वकपमा क्रोएशिया विरुद्दको खेलमा ब्राजिलका मार्सेलोले आफ्नै पोष्टमा आत्मघाति गोल गरेका थिए । यसपटकको गोलसँगै विश्वकपमा ब्राजिलको दोस्रो आत्मघाती गोल समेत भएको छ । जारी विश्वकपमा हालसम्म ११ आत्मघाती गोल भईसकेको छ ।

पहिलो हाफकै ३२ अौं मिनेटमा केभिन डि ब्राउनीले गोल गर्दै बेल्जियमका लागि दोस्रो गोल गरेका थिए । बेल्जियमका लागि जर्सी नम्वर ९ का रामेलु लुकाकुको पासमा उनले दोस्रो गोल गरेका थिए ।

खेलको दोस्रो हाफमा २–० ले पछि परेको ब्राजिलका लागि ७६ अौं मिनेटमा जर्सी नम्वर ८ का रेनाटो अगुस्टोले हेड मार्फत पहिलो गोल गरेका थिए । पटक – पटक ब्राजिलका खेलाडीले गोल गर्ने कोशिस गरेपनि बेल्जियमको दरीलो रक्षापंक्ति र बलिया गोल रक्षक सामु उनीहरुको केहि पनि चल्नै सकेन । बिजेता बेल्जियमले सेमिफाईनलमा फ्रान्ससँग फाईनल प्रवेशका लागि आगामी मंगलवार प्रतिष्पर्धा गर्ने छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved