मेक्सिकोलाई पराजित गर्दै ब्राजिल बिजयी

  • प्रकाशित मितिः असार, 18, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / जारी विश्वकपमा उपाधिको दावेदारका लागि बलियो टोलीका रुपमा हेरीएको मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वाटर फाईनलमा प्रवेश गरेको छ । यसअघिको विश्वकपको विजेता जर्मनीलाई पराजित गरी दोस्रो चरण सम्म आएको मेक्सिको पराजयसँगै जारी विश्वकपवाट वाहिरीएको छ ।

सोमबार बेलुका सम्पन्न खेलमा दावेदारका रुपमा हेर्न थालिएको मेक्सिकोलाई २–० गोल अन्तरले हराउँदै ब्राजित प्रिक्वाटर फाईनलमा प्रवेश गरेको हो । जारी विश्वकपको पहिलो खेलमा नै साविकको विश्वकप विजेता जर्मनीलाई हराएर सनसनी मच्चाएको मेक्सिकोलाई हराउँदै ब्राजित प्रिक्वाटरफाईनलमा प्रवेश गरेको हो ।

खेलको सुरुवाती पहिलो हापमा निकै दबावमा रहेको ब्राजिलले गोल गर्न केहि अवसर पाएको भएपनि विश्वकपकै सवैभन्दा राम्रो गोलकिपरका रुपमा स्थापित बनेका मेक्सिकोका गोल रक्षक सामु ब्राजिलियन खेलाडी निरीह बनेका थिए । मेक्सिकोका केहि खेलाडीले समेत गोल गर्ने अवसर पाएपनि उनीहरु समेत सफल बन्न सकेका थिएनन् ।

खेलको मध्यान्तर पछिको दोस्रो हाफमा भने खेलमा पुरै हावी बनेको थियो । मेक्सिकोका गोल रक्षकको बल रोक्ने प्रयासलाई समेत असफल बनाउँदै ब्राजिलका स्ट्राईकर नेईमार खेलको ५१ औं मिनेटमा पहिलो गोल गरी ब्राजिललाई अघि बढाउन सफल बनेका थिए । 

खेल सकिन करिव १० मिनेट पहिले मात्रै मैदान प्रवेश गरेका ब्राजिलका फर्मिनोले पुन दुई मिनेट बाँकी छदाँ नेईमारकै पासमा दोस्रो गोल गरेपछि ब्राजिल मेक्सिको लाई हराउँदै क्वाटरफाईनलमा प्रवेश गरेको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved