पुर्व बिजेता स्पेन पनि रसियासँग पराजित

  • प्रकाशित मितिः असार, 17, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / विश्वकप फुटवलका पुर्व विजेता एवं प्रतियोगिताकै दावेदार मानिएका जर्मनी र अर्जेन्टीना एवं क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगल पछि पुर्व विश्वकप बिजेता स्पेन पनि रसियासँग पराजित हुँदै विश्वकपवाट बाहिरीएको छ ।

आईतवार वेलुका भएको प्रिक्वाटर फाईनलमा स्पेनका कोके र इगोले प्रहार गरेको पेनाल्टी रसियाका गोलकिपर इगोर आकिनफिभले रोकिदिएपछि पुर्व बिजेता स्पेन विश्वकपबाट बाहिरिएको हो ।

आईतवार वेलुका मस्कोको लुजनिकी स्टेडियममा भएको खेल निर्धारित समयमा बराबरी भएको थियो । निर्धारीत समयमा पनि बराबरी भएपछि थप गरीएको समय ३० मिनेटमा पनि बराबरी भएपछि खेल पेनाल्टी सम्म पुगेको थियो । निर्धारीत ९० मिनेटमा दुवै देश १–१ को बराबरीमा रोकीएका थिए ।

त्यसपछि थप गरीएको ३० मिनेटमा भने दुवै देशका लागि गोल नभएपनि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा पुर्व विजेता स्पेनलाई विश्वकप आयोजक रसियाले ४–३ गोलअन्तरले पराजित गर्दै नयाँ ईतिहाँस रचेको हो ।

रसियाको बिजय र नयाँ ईतिहाँस सँगै आईतवारकै खेलमा रसियाका इग्नासेभिक विश्वकपको इतिहासमा आत्मघाती गोल गर्ने सबैभन्दा जेठा खेलाडी बनेका छन्। उनी आईतवार नै ३८ वर्ष ३ सय ५२ दिनका भएका थिए । उनकै आत्मघाति गोलको मद्दतमा स्पेनले एक गोल पाएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved