नयाँ खेलाडीको उदयसँगै अर्जेन्टीना विश्वकपवाट वाहिरियो

  • प्रकाशित मितिः असार, 16, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / फुटवलका स्टार भनेर चिनिएका अर्जेन्टीनाका लियोनल मेस्सीलार्ई छाँयामा पार्दै फ्रान्सका १९ वर्षिया क्यालियन मबाप्पे स्टार बनेपछि विश्वकपको नकआउट चरणमा फ्रान्ससँग ४–३ गोअन्तरले पराजित हुँदै अर्जेन्टिना रुस विश्वकपबाट बाहिरिएको छ।

निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलमा नयाँ खेलाडीका रुपमा उदाएका फ्रान्सका क्यालियन मबाप्पेले २ गोल गरी आँफुलाई अगाडी सारेपछि भावी दिनका लागि उनी संसारकै लागि फुटवलमा नयाँ खेलाडीका रुपमा तयार रहेको समेत देखाएका छन् ।

अर्जेन्टीनासँगको खेलमा फ्रान्सका लागि बेन्जामिन पाभार्ड र एन्टिनियो ग्रिजम्यानले १–१ गोल गरे। अर्जेन्टिनाका एन्जिल डी मारिया , ग्याब्रियल मार्काडो र सर्जियो अग्युरोले १–१ गोल गरी तिन गोल गरेका थिए । विश्वकै चर्चित खेलाडी मेस्सीकै पासमा उनीहरु गोल गर्न सफल बनेपनि मेस्सीले भने गोल गर्न सकेनन् । 

नयाँ खेलाडीका रुपमा उदाएका मबाप्पेले फ्रान्स अर्जेन्टीनासँग २–२ को बराबरीमा रहेका बेला चार मिनेटको अन्तरमा एकपछि अर्को गोल गर्दै फ्रान्सलार्इ विश्वकपको क्वार्टरफाइनलमा पुर्याएका हुन्। नयाँ खेलाडीका रुपमा आएका उनी विश्वकपका सबैभन्दा कम उमेरमा एकै खेलमा दुर्इ गोल गर्ने खेलाडी समेत बनेका छन् ।

विश्वकै चर्चित खेलाडी मेस्सीले आफ्नो अन्तिम सहभागिता मानेको विश्वकपमा विजेता बन्ने सपना बोकेको भएपनि फ्रान्सवाट नयाँ खेलाडीका रुपमा मैदानमा आएका मबाप्पेकै कारण असफल समेत बनाएका छन् । अर्जेन्टिनालाई पराजित गर्दै विजेता बनेको फ्रान्स विजयसँगै यो विश्वकपमा दावेदारका रुपमा अघि आएको छ ।

मेस्सी र क्रिष्टियानो रोनाल्डो पछिको क्षमतावान खेलाडीको खोजीमा रहेको समयमा देखा परेका मबाप्पे पनि यो विजयसँगै विश्व चर्चित बनेर अगाडी आउने सम्भावना समेत बढेको छ । सँधै क्लव फुटवलमा नाम कमाएका र विश्वकै लागि फुटवल खेलमा महान खेलाडी बनेर स्थापीत भईसकेका मेस्सीको टिमलाई पराजित गर्न भुमिका खेलेका उनी अव क्लव फुटवलमा पनि सवैको रोजाईमा पर्ने आधार समेत उनले दिएका छन् ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved