नेपाल एकदिवसीय क्रिकेटको वरियतामा

  • प्रकाशित मितिः जेठ, 18, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपालसहित चार मुलुक स्कट्ल्याण्ड, नेदरल्याण्ड्स र संयुक्त अरब इमिरेट्स (युएई) लाई एकदिवसीय टिमको वरियतामा समेटेको छ । आईसीसीले चार देशलाई विस्तारित एक दिवसीय ९ओडीआई० टिम वरियतामा समावेश गरेको हो । आईसीसीले शुक्रबारदेखि लागू हुने गरी नेपालसहित स्कटल्याण्ड, नेदरल्याण्डस र युएईलाई वरियतामा समावेश गरेको हो । आईसीसीले शीर्ष १२ टिमको वरियतालाई विस्तार समेत गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा २८ अंकसहित स्कटल्याण्ड १३ औं स्थानमा छ । यस्तै युएई १८ अंकसहित १४ औं स्थानमा छ । नेदरल्याण्डससँग १३ अंक छ भने नेपालसँग भने रेटिङका लागि आवश्यक पर्ने अंक छैन ।

नेपालसहितका चार देशको वरियता क्रमले तालिकामा पहिलेदेखि नै रहेका टेस्ट मान्यता प्राप्त १२ देशको वरियतामा भने कुनै असर गर्ने छैन । नेपाल र नेदरल्याण्डसले वरियतामा पर्नका लागि चार खेल खेल्नु पर्नेछ । वरियताको शीर्ष स्थानमा इंग्ल्याण्ड रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved