दृष्टिबिहीन अध्यक्ष : सहयोगीको भरमा हस्ताक्षर, जनताको बोलिबाट अनुगमन

  • प्रकाशित मितिः जेठ, 10, 2075
  • नवराज कट्टेल

विराटनगर / जब तिलगंगा आँखा अस्पतालमा चिकित्सकले ‘तिमी अब आँखा देख्दैनौं, ‘रेनिटीक पिगमेनटोस’ समस्याले आँखाको उपचार संभव हुन सक्दैन’ भनेसँगै त्यसताका ४९ वर्षिय चन्द्रप्रसाद भट्टराई स्तब्ध बने ।
संसार देखिरहेको र चिनिरहेको आँखा अब बन्द हुँदैछ कि, संसार नै बन्द हुन लाग्या भन्ने अनुभूतिमा भट्टराई त्यसै पनि चिन्तित बने ।

झण्डै दुईवर्ष अगाडी यो विषयले स्तब्ध बन्नु भएका भट्टराईलाई हिम्मत फर्काउन उसबेला निक्कै कठिन परेको थियो । निराशले बाँचेको जीवनलाई पनि खाईदिन सक्छ भन्ने लागेपछि भट्टराईले एउटा अंगसँग जीवन साट्न नहुने विश्वास बटुले ।

लामै समयदेखि राजनीतिक र सामाजिक कार्यमा सक्रिय भएका कारण पनि भट्टराईमा साहस बटुल्ने हिम्मत आएको थियो । इटहरी उपमहानगरपालिका–४ निवासी भट्टराईले स्थानीयस्तरमा सामाजिक प्रतिष्ठा कमाउने थुप्रै कामहरु गरिसकेका छन् ।

देश राजनीतिक संकटको निकासमा निस्कने तयारीमा जुटेको बेला २०७४ असार १४ गते स्थानीय तहको निर्वाचन घोषणा भयो । आँखा देख्न नसक्ने अवस्थामा रहेपनि सामाजिक कार्यले प्रतिष्ठा आर्जन गरेका भट्टराई इटहरी उपमहानगरपालिका वडा नम्बर ४ बाट वडा अध्यक्षमा निर्वाचित बने ।

बीस हजार भन्दा बढी जनसंख्या भएको वडाको अध्यक्षमा निर्वाचित भट्टराई अहिले जनताको दैनिकीसँग जोडिएर वडापालिकाको कार्यकारी र नगर कार्यपालिका सदस्यको रुपमा काम गरिरहेका छन् । कार्यकारी पदमा दृष्टिबिहीन निर्वाचित भएको यो नै पहिलो उदाहरण हुन सक्ने अनुमान र दावी उनको छ ।

५१ वर्षिय भट्टराईले दश वर्ष अगाडीसम्म आँखा देख्न सक्थे । जनआन्दोलन २०६२÷०६३ मा अग्रभागमा उभिएका भएका भट्टराई त्यसपछिको समयमा क्रमशः आँखामा समस्या झेल्दै देख्न नसक्ने अवस्थामा पुगेका हुन् ।
आँखा धमिलो हुँदै गर्दा विराटनगर, त्रिपुरेश्वर, भारतको चेन्नई र तिलगंगा आँखा अस्पतालमा उहाँले चिकित्सकसँग परामर्श लिएको बताउँछन् । धेरै आँखा अस्पतालमा उपचार गराउँदा सहि सल्लाह नपाएपनि तिलगंगा आँखा अस्पतालका चिकित्सकको परामर्शपछि आफूले आँखाको उपचार नहुने थाहा पाएको अध्यक्ष भट्टराईले बताए ।

झण्डै २५ वर्षदेखि राजनीतिमा सक्रिय भएका कारण मतदाताको विश्वास पाएको अध्यक्ष भट्टराइको दावी छ । सात हजार ६ सय ४८ मतदाता भएको वडामा भट्टराईले प्रतिस्प्रर्धी उमेदवारलाई ७ सय ५९ मतान्तरले जितेका हुन् ।
निर्वाचनमा लाग्दै गर्दा उनको हेर्न र देख्न नसक्ने समस्या विपक्षीका लागि नारा बनेका थिए । चलाउन सक्दैन भन्ने प्रचार भएको थियो । तर, सहयोगीका साथमा चेक हस्ताक्षर, बैठकको निर्णयमा हस्ताक्षर गर्दै आएका भएका भट्टराई इटहरी उप–महानगरपालिका भित्र सबैभन्दा कहलिएका अध्यक्षमा पर्दै आएको स्थानीय यूवा सुनिल कार्की दावी गर्छन् । ‘सहयोगीको साथमा हस्ताक्षर गर्छु, जनताको बोलिबाट योजनाको अनुगमन गर्छु’ भट्टराईले भने –विश्वास घात गर्नेवाला छैन ।

कार्यकारी वडा अध्यक्षको भूमिका निर्वाह गरिरहनु भएका भट्टराईको राजनीतिक पृष्ठभूमि भने बेग्लै छ । राजनीतिमा आवद्धताले सामाजिक कार्यमा जोडिएका उनले स्नातकसम्म अध्ययन गरेका छन् ।
कम्यूनिष्ट विचारलाई आस्था बनाएका भट्टराई २०३८ सालमा अनेरास्ववियु सदस्य हुँदै प्रारम्भिक कम्यूनिष्ट सदस्य, संगठित सदस्य, युवा संघ गाउँ कमिटि सदस्य, नगर कमिटि सदस्य हुँदै २०६७ सालमा युवा संघ अञ्चल कमिटि सचिव भईसकेका छन् ।

मातृ पार्टी तत्कालिन नेकपा एमालेको जिल्ला सदस्य भईसकेका भट्टराई रेडक्रस टोल विकास संस्था अध्यक्ष, जनता मा.वि. व्यवस्थापन समितिको अध्यक्ष, जनता कलेज व्यवस्थापन समिति उपाध्यक्ष, खानेपानि उपभोक्ता समितिको सचिवको भूमिका समेत निभाईसकेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved