मिस नेपाल बन्नु छ – परिश्मा दाहाल

  • प्रकाशित मितिः फाल्गुन, 21, 2074
  • आयुशा कोईराला

ईटहरी / ईटहरी – २० तरहराकी १७ वर्षीया परिश्मा दाहाललाई मोडलिङ र मनोरञ्जनको दुनियाँमा उदाउँदै गरेकी प्रतिभावान युवतीका रुपमा हेरिन्छ । ईटहरीको कोशी सेन्ट जेम्स कलेजमा वाणीज्य संकायमा अध्यनरत उनी ईटहरी र आसपासका क्षेत्रमा हुने गरेका सौन्दर्य प्रतियोगीता र फेसन सो हरुमा देखिन थालेकी छन् ।

पहिलो पटक मिस ईटहरी भन्ने सौन्दर्य प्रतियोगितावाट यो क्षेत्रमा देखा परेकी उनी ईटहरी र वरीपरी हुने फेसन सोसहितका कार्यक्रममा सहभागि बनेर छोटो समयमै चर्चा बटुल्न सफल भएकी छन् ।

नायीका र सफल मोडल बनेरै छाड्ने अठोट बोकेकी रुप र सौन्र्यकी धनि उनी काठमाण्डौ बाहिर बसेर गर्न नसक्ने र नहुने कुरामा आफु विल्कुल सहमत नरहेको तर्क गर्छीन । काठमाण्डौ पनि नेपाल नै भएको तर्क गर्दै उनी थप्छिन ­– आँफुमा दक्षता , क्षमता र विज्ञता हुने हो भने जुनसुकै ठाउँको भएपनि अनि जहाँ रहेपनि त्यो सम्भव छ र हुन्छ ।

समाजले मोडलिङ क्षेत्रलाई हेर्ने नजर पहिला जस्तो नरहेको तर पनि केहि समस्या भने यथावत रहेको उनले सुनाईन् । उनले आफुँलाई परिवारको पुर्ण साथ र सहयोग रहेकाले पनि अब्बल हुन र यो क्षेत्रमा स्थापीत हुन सहज रहेको वताएकी छन् ।

आफुमा भएको क्षमता अनुसारको प्रस्ताव आयो र समय मिल्यो भने फिल्म अथवा म्युजिक भिडियोमा अध्यनलाई समेत असर नपर्ने कुराको सुनिश्चितता भए स्विकार्ने उनले वताईन् । तर आफु परिपक्क र त्यो विषयमा जानकार नभई त्यो कुराको पछि लागेर नहिड्ने उनको भनाई छ ।

आफु भरखरै यो क्षेत्रमा होमिएको सुनाउँदै उनले मिस नेपाल बन्नेसम्मको लक्ष्य आफुले बुनेको उनले सुनाईन् । आफ्नो उमेर पनि १७ वर्षमात्रै भएकाले आफुसँग राम्रो गर्न र स्थापीत हुन यथेष्ट समय रहेको सुनाउँदै उनले भनिन– जहाँ म सहभागि हुन्छु या त प्रतिष्पर्धा गर्छु । त्यहाँ जित्छु अनि जितेरै छाड्छु ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved