अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीको शपथ होला ?

  • प्रकाशित मितिः फाल्गुन, 20, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं / कैलाली टीकापुर घटनाका अभियुक्त कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशमलाल चौधरीलाई पनि प्रतिनिधिसभाका अरू सदस्यसँगै शपथ गराउन राजपा नेपालले संसद् सचिवालयसमक्ष माग गरेको छ ।

सचिवालयले आयोजना गरेको दलहरूबीचको छलफलमा राजपा नेता बृजेशचन्द्र लालले चौधरी जनताबाट निर्वाचित भइसकेकाले उनले शपथ लिन पाउनुपर्ने बताएका हुन् । जब कि अदालतको आदेशमा चौधरी अहिले थुनामा छन् । चौधरीले थारू भाषामा शपथ गर्ने गरी निवेदन दर्ता पनि गराएका छन् । स्रोतका अनुसार उनले पार्टीका शुभचिन्तकमार्फत निवेदन दर्ता गराएका हुन् । तर, सर्वोच्च अदालतले अदालती प्रक्रियालाई छलेर कसैले पनि संविधान एवं प्रचलित कानुनले प्रदान गरेको सुविधा उपभोग गर्न नपाउने फैसला गरेको थियो । नयाँ पत्रिकाबाट



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved