अनुसन्धानको घेरामा उद्योगी र व्यापारी , सिआईवीद्धारा वैंक स्टेटमेन्ट माग

  • प्रकाशित मितिः फाल्गुन, 13, 2074
  • नवराज कट्टेल

विराटनगर / वित्तिय अपराधविरुद्द कारवाहि थालेको सिआईवीले विराटनगरको रानी भन्सार स्थित वाणिज्य वैंकमा भएको घोटालाको पनि छानवीन थालेको छ ।
वस्तु आयात–निर्यातमा भन्सारमा दाखिला गर्नुपर्ने राजश्व हिनामिना प्रकरणमा मोरङ–सुनसरी औद्योगिक करिडोर भित्रका उद्योगी तथा व्यापारी समेत तानिएका छन् । भन्सार एजेन्ट ललित बोहरा र सुरेश बोहरामार्फत वस्तु आयात गर्दै आएका १ सय १० जना आयातफर्मे अनुसन्धानको घेरामा तानिएका हुन् ।

भन्सार एजेन्ट ललित बोहराको सुरेश क्लियरिङ्ग एण्ड फरवार्डिङ्ग सर्भिसमार्फत भन्सार क्लियरिङ्ग गर्दै आएका विराटनगरका उद्योगी महेश जाजु, प्रकाश मुन्दडा, अनोज पोद्धार, आरती स्ट्रिप्सका सञ्चालक संजीव शर्मासहित सञ्चालक अश्विनी र विशाल गुप्ता समेत लाई अनुसन्धानमा खटिएका अधिकारीबाट निगरानी थालिएको छ ।

भन्सार राजश्व बुझाउन बैंकमा जम्मा गरिएको एकाउन्ट पेयी चेकमा रकम नभएपछि घोटाला काण्ड सार्वजानिक भएको थियो । त्यो मुद्दासँगै विराटनगरका धेरै उद्योगीहरु समेत अनुसन्धानमा पर्ने भएका हुन् ।

राष्ट्रिय वाणिज्य बैंक विराटनगरसँग भएको अख्तियारी प्रयोग गर्दै निमित्त प्रबन्धक राजेश डंगोलले बैंकको रानीस्थित भन्सार शाखाको सुख्खा बन्दरगाहामा कार्यरत वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई बैंक तथा वित्तिय संस्था ठगी गरेको आरोपमा कारवाही माग गर्दै किटानी दर्ता भएको छ । त्यो जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा बैंक घोटाला प्रकरण दश करोड मात्रै नभई त्यो भन्दा बढी देखिएको दावी गरिएको छ ।

लामो समयदेखि यस्तै कारोबार गर्दै भन्सार एजेन्ट र त्यहाँस्थित बैंकका कर्मचारीको मिलेमतोमा देखिएको छ । एजेन्ट ललित बोहरा तथा सुरेश बोहराको क्लियरिङ्ग मार्फत कारोबार गर्ने सबै उद्योगीका आयात फर्महरुले समेत भन्सार एजेन्टसँगको मिलेमतो गरेको देखिएपछि एकै पटक अनुसन्धानको घेरामा तानिएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय टोलीसहित प्रहरी केन्द्रीय, क्षेत्रीय तथा जिल्लास्थित अनुसन्धान अधिकारी, राजश्वको अनुसन्धान अधिकारी संलग्न टोलिले काम थालेको बुझिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईवीकोे मुल नेतृत्वमा विज्ञसहितको टोलिले छानवीन गरिरहेको छ  ।

अनुसन्धानमा सहयोग गर्नका लागि साउनदेखि आयात तथा निर्यात गरेको बस्तुको विवरण, वस्तु आयात निर्यातमा भन्सारमा दाखिला गरेको राजश्व विवरण खुल्ने बैंक स्टेटमेन्ट तथा चेकको प्रमाणितप्रति भए त्यो बुझाउन लिखित पत्राचार भएको एक उद्योगीले भने । उनले प्रहरीले आफ्नो क्षेत्राधिकार बाहिरको काम गर्न खोजेको आरोप लगाउँदै प्रहरीले पत्राचार गर्दैमा दिनुपर्ने कुनै विषय नभएको दावी गरे ।

प्रहरीले आयात फर्मलाई लेखेको पत्रमा सुरेश क्लियरिङ्ग फरवार्डिङ्ग सर्भिसले बैंकमा दाखिला गरेको रकमको चेक बाउन्स भई बैंकलाई हानी नोक्सानी भएको, त्यो कम्पनीमार्फत कारोबार गर्ने आयात फर्मले समयमै रकम बुझाएको वा नबुझाएको र उसँग कारोबार गर्ने सम्झौता भएको भए त्यसको सम्झौताप्रति, कारोबार भएको चेक वा त्यसको प्रमाणित प्रति र बैंक स्टेटमेन्ट समेत अनुसन्धानका लागि माग गर्न जाहेरीवालाको निवेदन परेको हुँदा सो अनुसार गर्न भनिएको छ ।

भारतीय नाकाबन्दीदेखि नै उद्योगी तथा व्यवसायीहरुले भन्सारका प्रमुख, प्रहरीका उच्च अधिकारी र जिल्लास्थित प्रशासनका उच्च अधिकारीको मिलेमतोमा भन्सार छलेको आशंका समेत त्यसैसाथ खुलेको छ । त्यसपछि मिरगञ्ज पुल भत्किएको देखाउँदै भन्सार एजेन्टको सेटीङ्गमा हुने तस्करी समेत यस अगाडी खुलेको थियो ।

प्रहरीले वित्तिय अपराधमा संलग्न आरोपमा अनुसन्धान गर्नुपर्ने भन्दै आर्थिक वर्ष २०७४÷०७५ भन्दा अगाडीको समेत स्टेटमेन्ट झिकाउने तयारी थालेपछि अहिले बोहराहरु मार्फत कारोबार गर्ने उद्योगीहरु भने तबातबा बनेका छन् । अहिले तत्काल चालु आर्थिक वर्षको बैंक विवरण मगाउन पत्राचार गरिएको भएपनि ठूलो घोटाला देखिएका कारण त्यसभन्दा अगाडीकै बैकिङ्ग कारोबारको विवरण मगाउनु पर्ने आवश्यकता पर्न सक्ने अनुसन्धान अधिकारीबीच छलफल सुरु भएको बुझिएको छ ।

भन्सार एजेन्टसँग मिलेर अवैध आयातमा संलग्न रहँदै आएका प्रतिष्ठित उद्योग सञ्चालकदेखि व्यापारिक संस्थाको नेतृत्वकर्ता समेत प्रकरणमा संलग्न भएको यस अगाडी नै प्रहरीले आशंका गरेको थियो । विज्ञसहित अनुसन्धान थालेको प्रहरीले निष्कर्षमा ठूलै घोटाला हुने गरेको पत्ता लगाउने भएपछि बोहराहरुलाई भारतसम्म यहिंका उद्योगी र भन्सार एजेन्टले पु¥याएका थिए ।

क्लियरिङ्ग एजेन्ट ललित बोहरा र सुरेश बोहरा फरार रहेकै बेला व्यापारी तथा उद्योगीलाई अनुसन्धानमा सहयोग गर्न भन्दै पत्राचार भएपछि धेरै उद्योगी तथा व्यवसायीहरु प्रदेश सरकारका मन्त्री तथा केन्द्रीय सरकारका मन्त्री र विभिन्न दलका शिर्षस्थ नेतासम्म धाउन थालेका छन् ।

प्रहरीले पत्राचार गरेकामा मोरङ व्यापार संघका पूर्व अध्यक्ष महेश जाजु र वर्तमान उपाध्यक्ष प्रकाश मुन्दडाको हिमगिरी सोप एण्ड केमिकल्सदेखि जयश्रीप्युटेक र जयश्री कम्पनीका अनुज पोद्धार, पशुपति सिमप्याक र मूलचनको खल्ली निकासीको श्याम प्याकेजिङका सञ्चालक, जगदम्बा, निगाले, मारुती सिमेन्टका आयातकर्ता साथै आरती स्ट्रिप्सका सञ्चालकत्रय संजीव र अश्विनी शर्मा तथा बिशाल गुप्ता अनुसन्धानमा तानिने छन् ।

यसैगरी भन्सारमै बसेर औषधी लगायत विभिन्न मालवस्तुको क्यिरिङ्ग गर्दै आएका एकजना भन्सार एजेन्टलाई समेत प्रहरीले विशेष निगरानी बढाएको छ । दोहोरो नागरिकता लिएर अमेरिका तथा नेपालमा कारोबार गर्दै आएको आशंकामा उनीमाथि समेत निगरानी बढाइएको हो ।

भन्सार एजेन्टको नेतृत्वकर्तासम्म पुगेका उनले दुईथरी नागरिकता लिइएको र एउटा नागरिकता प्रयोग गरेर अमेरिकामा फ्लाट किनेर सिफ्टको तयारीमा रहेको बुझिएको छ । एउटा नागरिकताले नेपालका बैंक तथा वित्तिय संस्थामा कारोबार गर्ने तर पारिवारिक पृष्ठभूमि नखुलाउने गरेका कारण उनको गतिविधि र आर्जनको बाटो अवैध हुने ठानिएको छ । आफ्नी श्रीमतीको नाममा अमेरिकामा कारोबार गर्ने गरी अपार्टमेन्टमा फ्लाट किनेका उनले नेपालका बैंकमा फरक–फरक नामबाट कारोबार गर्ने गरेको खुल्न आएको छ ।

अमेरिकामा सिफ्टका लागि पेश गरिएको कागजातमा भने नेपालमा कारोबार गरेको कागजात भन्दा फरक रहेको बुझिएको छ । उनीमाथि समेत प्रहरीले विशेष अनुसन्धान थाल्ने भएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved