शीत वढी झरेकाले गहँुलाई फाइदा

  • प्रकाशित मितिः फाल्गुन, 3, 2074
  • पहिलो किताब संवाददाता

इनरुवा, फागुन १ गते । सुनसरीमा यस वर्ष गँहु उत्पादन बढ्ने किसानहरुले अनुमान गरेका छन् । यसपाली सित बढी झरेकाले गहुँलाई फाईदा पुगेको भन्दै उत्पादन बढ्ने अनुमान गरिएको हो ।
गँहु बाली लगाउने क्षेत्र घटेपनि लगाएको गँहुको उत्पादन भने बढ्ने अनुमान गरिएको हो ।

जिल्लामा गँहुबालीका लागि मौसमले साथ दिएको र सिमित गरेका किसानहरुले समेत व्यवस्थित रुपमा गँहु खेती गरेकाले उत्पादन बढ्ने अनुमान रहेको सिकार सतार अंसरीले बताउनुभयो ।
जिल्लामा विगतमा २५ हजार हेक्टर क्षेत्रफलमा गहुँबाली हुदै आएकोमा १३ हजार हेक्टर क्षेत्रफलमा मात्रै अहिले गँहु खेती लगाइएकोमा अधिकांस ठाँउको गाहुँ राम्रो रहेकाले राम्रै फल्ने र उत्पादन बढ्ने किसानहरुको अनुमान रहेको स्थानीय तुलसी यादवले जानकारी दिनुभयो ।
जिल्लाको सदरमुकाम इनरुवा सहित जिल्लाका १२ वटै स्थानीय तहमा थोरै धेरै गरि १३ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा गँहु बाली लगाइएको छ । यहाँ विगतको तुलनामा गँहु बाली आधा क्षेत्रफलले घटेको छ । तर उत्पादकत्व बढ्ने कृषि विज्ञहरुले बताएका छन ।

यहाँका किसानहरु शून्य खनजोत प्रविधिको खेती गरेको र उन्नत जातका गँहु बाली लगाएकाले उत्पादन बढ्ने जिल्ला कृषि विकास कार्यालय सुनसरीका प्रमुख राजकान्त झाले जानकारी दिनुभएको हो ।
प्रमुख झाका अनुसार जिल्लामा उन्नत जातका एनएल २५७, विएल १४७३, एनएल २५१, विएल १०२२, गौतम, आदित्य, विजय, भृकुटी, एनएल २९७ लगायतका गँहुको बाली लगाउदै आएको छ ।

यता केहि किसानले भने गँहु बालीमा झारपात आउनु र सिन्दुरी रोग देखिनु आफूहरुका लागि चुनौती रहेको बताएका छन ।
जिल्लामा रोग प्रकोपको बिचमा समेत गँहुबाली लगाइरहेको इनरुवा ९ बबियाका किसान जसलाल यादवले बताउनुभयो । यादवले मलखाद र सिचाईको समस्याले गँहुमा सोचेजस्तो आम्दानी नभएपनि केहि किसानको गँहुको उत्पादन बढ्ने बताउनुभयो ।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved