तेश्रो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनीमा धरानमा

  • प्रकाशित मितिः माघ, 27, 2074
  • पहिलो किताब संवाददाता

धरानमा । नेपालमै तेश्रो पटक हुन लागेको राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी २०७४ सुनसरीको धरानमा हुने भएको छ ।

कृषि यन्त्र र प्रबिधिको उपयोग, व्यवसायिक कृषि विकासको आधार भन्ने मुल नाराको साथ धरानको पूर्वाञ्चल इञ्जिनिरिङ कलेजको खेल मैदानमा हुने भएको आज धरानमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।यही फागुन १० गते देखि १३ गतेसम्म सञ्चालन हुने प्रदर्शनी हुने भएको छ ।

प्रदर्शनीमा आधुनिक कृषि औजारका १ सय ५० वटा स्टल रखिने छ । प्रदेश नं १ मा पहिलो पटक तथा नेपालमै तेश्रोे पटक हुन लागेको राष्ट्रिय कृषि प्रदर्शनीमा २० मुलुकका २ हजार भन्दा बढी प्रकारका कृषी यन्त्र औजार हरुको अवलोकन गर्न सकिनेछ । प्रदर्शनीमा ५० रुपैयाँ देखि ५० लाख सम्म पर्ने कृषि औजार उपलव्ध हुने छ । किसानलाई विशेष छुट समेत दिने भएको छ ।

वजार मुल्य भन्दा कम गरेर उपलव्ध गराइने पत्रकार सम्मेलनमा आयोजक नेपाल कृषि मेसेनेरी ब्यवसाय संघका महासचिव खोजराज कटुवालले वताए । यान्त्रिकरणले बिगतका राष्ट्रिय योजना र नीतिहरुमा प्राथमीकता नपाएपनि हाल आएर बढ्दो शहरीकरण , ्युवा जनशक्ति बजार मुखी र बिदेश पलाएन लगायत बिबीध कारणले गर्दा हाल आएर यसको आवश्यकता र महत्व बढेको कारण यसको आवश्यकता र महत्वलाई प्राथमीकता दिई नेपालमै पहिलो पटक राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।

नेपाल कृषि मेसेनेरी ब्यवसायी संघको आयोजना हुने सो प्रदर्शनीलाई नेपाल सरकार कृषी बिकास मन्त्रालय कृषी बिभाग ,उधोग बाणिज्य संघ सुनसरी लगायतले सहयोग गरेका छन । प्रर्दशनीमा करिब ५० हजार दर्शाकले अवलोकन गर्ने र १० करोडको कारोबार हुने आयोजकको दावी छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved