रसना भन्छिन्– प्रेम प्रस्ताव आउनु या प्रकट गर्नु मात्र प्रेम होइन

  • प्रकाशित मितिः माघ, 11, 2074
  • पहिलो किताब संवाददाता

विराटनगर/ महानगरपालिका १ की स्थायीवासिन्दा १९ वर्षीया रसना कार्की मोडलिङमा पूर्वमा स्थापना हुने गरी अघि बढेकी छन् । परिवारकी एक्ली सन्तान उनी विराटनगरकै सिटी कलेजमा स्नातक तह पहिलो वर्षमा अध्यनरत छिन् ।

आकर्षक शरीर एवं खुला विचारकी उनी आधुनिक समाजअनुसार नै चल्नु पर्ने तर्क राख्छिन् । विभिन्न सौन्दर्य प्रतियोगितामा सहभागी बनिसकेकी उनले आफैं सौन्दर्य प्रतियोगिताको आयोजक भएरसमेत आफूलाई चिनाइसकेकी छन् । ‘पूर्वाञ्चल कलेज प्रिन्सेस’ नामको सौन्दर्य प्रतियोगिताबाट मोडलिङ क्षेत्रमा प्रवेश गरकी उनी सो प्रतियोगितामा उत्कृष्ट पाँच भइन् । ‘मिस कलेज नेसनल’ नामक अर्को सौन्दर्य प्रतियोगितामा समेत सहभागी भएकी उनी मिस फोटोजेनिक बनिन् ।

सौन्दर्य प्रतियोगितामा सहभागी बनेर बटुलेको अनुभवपछि उनले आफ्नै सक्रियतामा विराटनगरमै ‘लिटिल आइकन’ नामको सौन्दर्य प्रतियोगिता आयोजना गरिन् । खुला विचारकी रसना प्रेमका विषयमा समेत खुला छिन् । ‘प्रेम प्रस्ताव आउनु या प्रकट गर्नु पे्रम होइन आत्मा र मन मिल्नु चाहिँ प्रेम हो ।’ उनी तर्क गर्छिन । प्रेम प्रस्ताव आउनु गलत नभएको तर आएजति आफूले अहिलेसम्म पनि स्वीकार नगरेको उनले सुनाइन् ।

‘भविष्यमा मोडल या नायिका बन्नु नै लक्ष्य रहेपनि पहिलो प्राथमिकता भने असल नागरिक बनेर परिवार र समाजलाई सही बाटोमा डोर्याउनु हो ।’ उनी भन्छिन् ।










पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved