युएईमा मृत्यु हुने युवाको संख्या भयावह- हृदयघात, दुर्घटना र आत्महत्याको तथ्यांक बढ्दै

  • प्रकाशित मितिः पुष, 24, 2074
  • नवराज विष्ट

इटहरी/ युएईस्थित नेपाली राजदूतावासले युएईमा रहेका नेपालीहरूको मृत्युको कारणको तुलनात्मक अध्ययन तथ्यांक सार्वजनिक गरेको छ ।

तथ्यांकका अनुसार नेपालीहरूको मृत्युको मुख्य कारण हृदयघात, दुर्घटना र आत्महत्या देखिएको छ । यो तथ्यांक सार्वजनिक गर्दै युएईस्थित दूतावासले नेपालीहरूलाई वैदेशिक रोजगारीका लागि थप निर्देशन र सचेतना आवश्यक रहेको उल्लेख गरेको छ ।

गत पाँच वर्षको तथ्यांकलाई हेर्ने हो भने नेपालले होनहार युवाहरू गुमाउँदै लगेको छ । गत पाँचवर्षमा मृत्यु भएका धेरै युवा ३२ वर्ष उमेर समूहका छन् ।

सन् २०१३ मा प्राकृतकि रुपमै मृत्युवरण गरेका व्यक्तिको संख्या ३७ थियो भने यसको प्रतिशत ५१ थियो । यो प्रतिशत सन् २०१४ मा बढेर ५७ पुग्यो भने ०१५ मा ६३ प्रतिशत पुग्यो । सन् २०१६ देखि यो संख्या घटेको छ । ०१६ मा ५५ प्रतिशतमा झरेको यो तथ्यांक सन् ०१७ मा ४३ मा झरेको छ ।

हृदयघातबाट सन् २०१३ मा २० जनाले ज्यान गुमाएका थिए भने यो तथ्यांक प्रतिशतमा २९ थियो । पाँच वर्षको अन्तरालमा यसको प्रतिशत समान भएपनि मृत्यु हुने मानिसको संख्या बढेको छ । पाँच वर्षमा हृदयघातबाट १११ जनाले ज्यान गुमाएका छन् ।
यो तथ्यांकमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ । सन् २०१३ मा ९ जनाले आत्महत्या गरेका थिए । पाँच वर्षमा यो संख्या बढ्दै झण्डै तेहेरो भएको छ । युएईमा पाँच वर्षमा ६८ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

सन् २०१३ मा युएईमा दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या २५ छ । तथ्यांकमा घट्दै गए पनि सन् २०१७ मा मात्रै २२ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् भने विगत पाँच वर्षमा दुर्घटनामा परी ९५ युवाले ज्यान गुमाइसकेका छन् ।

विस २०७४ मा दूतावासको तथ्यांकमा ४७ वटा मृत्युको घटना दर्ता भएका छन् । उमेर समूहको विश्लेषण गर्दा युएईमा १९ वर्षदेखि ४१ वर्ष उमेरका युवाले ज्यान गुमाएको देखिन्छ ।



यहाँ हेरौं विस्तृत तथ्यांक



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved