लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच दिनभरि धकेलाधकेल

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ बुधबार भारत र चीनका सेनाबीच लद्दाखको सीमामा दिनभर धकेलाधकेल भएको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वी लद्दाखको सीमावर्ती क्षेत्रमा दुई देशका सेनाबीच बिहानै सुरू भएको धकेलाधकेल  बुधबार साँझसम्म चलेको थियो।

भारतीय सेनाले बुधबार बिहानै प्यानगोङ तालको उत्तरी क्षेत्रमा गस्ती गरेको थियो।  गस्तीमा गएको भारतीय सेनालाई चिनियाँ जनमुक्ति सेनाका सैनिकले रोकेका थिए। उक्त तालको दुई तिहाइ भागमा चीनको नियन्त्रण छ। आफ्नो सीमामा आएको भन्दै चिनियाँ सेनाले  भारतीय सैनिकलाई रोकेपछि धकेलाधकेल भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बारे दुई पक्षका फरक-फरक बुझाइ भएकाले धक्कामुक्काको अवस्था आएको हो।

साँझ दुई पक्षका अधिकारीहरूबीच कुराकानी भएपछि विवाद सल्टिएर अवस्था सामान्य भएको भारतीय सेनाले जनाएको छ।

उक्त क्षेत्रमा भारतीय र चिनियाँ सैनिक आमनेसामने भएको यो पहिलो पटक भने होइन। सन् २०१७ अगस्टमा दुई देशका सैनिकबीच भएको झगडाको भिडिओ भाइरल भएको थियो। त्यतिबेला चिनियाँ सेनाले सीमा पार गरेकाले झगडा भएको बताइएको थियो।

सन् २०१७ जुनमा दोक्लम सीमा क्षेत्रमा चीनले निर्माण गर्न लागेका संरचना रोक्न भारतीय सेना गएको थियो। त्यसपछि दुई देशका सेना झन्डै साढे दुई महिना आमनेसामने भएका थिए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved