बसभित्रै बालिकालाई दुर्व्यवहार गर्ने दुई पक्राउ

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर/ एक बालिकालाई यात्रुबहाक बसभित्रै जबरजस्ती करणी गर्न खोजेको आरोपमा दुई जना पक्राउ परेका छन्।

धनकुटा घर भएकी १५ वर्षीया एक बालिकालाई रंगेलीका बस चालक किरण खड्का र उर्लाबारीका सहचालक सन्तोष न्यौपानेले आइतबार राती जबरजस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी मोरङले पक्राउ गरेको हो ।

आफन्तकहाँ बस्दै आएकी पीडित बालिका बेलबारीस्थित वेतना सिमसार घुमेर फर्कने क्रममा धरानबाट काकरभिट्टातर्फ जाने ना ६ ख ९३४४ नम्बरको सुनकोशी सुपर बसमा चढेकी थिइन् ।

झापाको दमकमा ओर्लन खोज्दा चालक खड्काले बालिकाको हात समाई बसको पछाडीको सिटमा फकाएर राखेका थिए । बस पथरीशनिश्चरे हुँदै बेलुका रंगेली नगरपालिकास्थित दोहमना हाटचौक पुगेपछि खड्का बालिकामाथि आक्रमण गर्न पुगे ।

साँझ करिब साढे ६ बजेको समय बालिकामाथि जबरजस्ती करणी गर्ने क्रममा बालिका अत्तालिँदै बसबाट ओर्लन खोजेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।बालिकाले बसभित्रैबाट चिच्चाउँदै कराउन थालेपछि, स्थानीयको भीड जम्मा भएको थियो।

सोही क्रममा बसलाई घेरेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सोही क्रममा इलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीको टोलीले बस चालक खड्का र सह चालक न्यौपानेलाई पक्राउ गरेको थियो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved