पानी भएको अर्को ग्रह पनि भेटियो, तापक्रम पृथ्वीसँग मिल्दो

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

लण्डन /  खगोलविद्हरुले पहिलो पटक अहिलेको सौर्यमण्डल भन्दा बाहिरको एक ग्रहमा पानी भएको पत्ता लगाएका छन् । उनीहरुको नयाँ अध्ययनले त्यहाँको तापक्रम पनि जिउनका लागि उपयुक्त पाइएको छ ।
सो ग्रहको नाम ‘के२—१८बी’ दिइएको छ । यसको क्षेत्रफल पृथ्वीको भन्दा ८ गुणा बढी भएको र यसलाई ‘सुपर अर्थ’को नाम दिइएको जनाइएको छ ।  

अध्ययनका अनुसार यो ग्रह पृथ्वीबाट ११० प्रकाश वर्ष टाढा रहेको छ । यो ग्रह सन् २०१५मा नासाको केप्लर स्पेसक्राफ्टले पत्ता लगाएको भए पनि पानी र तापक्रमको अवस्थाका बारेमा भने अहिले पत्ता लागेको हो ।
त्यहाँ पानी पनि भएको र तापक्रम पनि उपयुक्त भएकोले जीवन सम्भव हुनेतर्फ खगोलविद्हरुले सम्भावना देखाएका छन् । 

‘‘पानी पाइनुले पृथ्वी बाहेकको अर्को ग्रह पनि बस्न योग्य भएको पाइएको छ । यो उत्साहजनक कुरा हो,’’ युनिभर्सिटी कलेज लण्डनको सेन्टर फर स्पेस एक्सोकेमिस्ट्री डेटाका रिसर्च एसोसिएट तथा अहिलेको अध्ययन प्रतिवेदनका लेखक एन्जेलोज टिसियारसले भने । 

सोही कलेजका लेक्चरर तथा प्रतिवेदनका सहलेखक इन्गो वाल्डम्यान््ले आगामी दशकमा यस प्रकारका केही ग्रह पाइन सक्ने जनाउँदै तर बस्न योग्य पहिलो ग्रह अहिले फेला परेको जनाएका छन् ।

(सीएनएन)



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved