प्रहरीका दुवै बिधेयक पारित, एक महिनापछि समायोजन सुरु हुने

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ राष्ट्रिय सभाको बुधबारको बैठकले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’ पारित गरेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक’ र ‘प्रहरी समायोजन विधेयक’माथि छलफल गर्न प्रस्ताव गरेका थिए । तर, सांसदहरूले धारणा नराखेपछि गृहमन्त्रीले विधेयक पारित गर्न प्रस्ताव राखेका थिए । प्रतिनिधिसभाले यसअघि नै ती विधेयक पारित गरिसकेको छ ।
समायोजनसम्न्धि विधेयक पारित भएसँगै अब प्रहरीमा समायोजन प्रक्रिया सुरु हुने छ । सो बिधेयक प्रमाणिकरण भएको एक महिनाभित्र गृहसचिव अध्यक्षताको संगठन तथा व्यवस्थापन सर्भेक्षणमार्फत दरबन्दी टुंगो लगाउने छ ।

बिधेयकअनुसार प्रदेशमा समायोजन हुने प्रहरीले दुई ग्रेड बढुवा पाउनेछन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved