धम्क्याएर ठेकेदारलाई चन्दा मागेपछि गृहमन्त्रीका भाइ पक्राउ

  • प्रकाशित मितिः भदौ, 26, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/  ठेकेदारलाई धम्क्याउँदै चन्दा मागेपछि गृहमन्त्री रामबहादुर थापा बादलका भाइलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले एकसाताअघि काठमाडौंबाट पक्राउ गरेका छन् । गृहमन्त्रीका भाइ नरेश थापासहितको टोलीले केही महिनाअघिदेखि नै नाम चलेका करिब २५ ठेकेदारलाई टेलिफोन गरेर प्रत्येक ठेक्काको ‘तीन प्रतिशत’ रकम चन्दा माग गरेकाले उनीहरुलाई पक्राउ गरेको हो । 

नाम उल्लेख नगर्ने सर्तमा एकजना ठेकेदारले भने– फागुन चैततिरबाटै हामीलाई फोन गरेर ठेक्काको तीन प्रतिशत रकम नदिए जे पनि हुन सक्ने भन्दै धम्की आइरह्यो । फोन प्राइभेट नम्बर र अननोन आउँथ्यो । त्यसपछि हामीले संयुक्त रुपमा निवेदन लेखेर गृह मन्त्रालय, प्रहरी र संसदीय समितिमा पनि बुझाएका थियौं ।”

उनका अनुसार मोबाइल, कार्यालय र घरका सबै नम्बरमा फोन गरेर रकम नदिए जे पनि गर्ने चेतावनी उनीहरुले बारम्बार दिन्थे । प्रहरीले अनुसन्धानकै क्रममा साउनको अन्तिम साता पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो । उनीहरुको बयानका आधारमा गृहमन्त्रीका भाइ नरेशलाई पनि एकसाताअघि पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरुको सम्बन्ध जेलमा रहेका समीरमान बस्नेतसँग पनि देखिएको छ । बस्नेत नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार पनि हुन् । पक्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतले जानकारी दियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved