दीपिका पादुकोण बलिउडकी सबैभन्दा महंगी अभिनेत्री

  • प्रकाशित मितिः पुष, 22, 2074
  • पहिलो किताब संवाददाता

काठमाडौं/ ३२ वर्षियाा दीपिका पादुकोण बलिउड फिल्म इण्डस्ट्रीमा सबैभन्दा महंगी अभिनेत्री बन्न सफल भएकी छन् । उनी अहिले प्रति फिल्म १३ करोड रुपैयाँ पारिश्रमिक लिइरहेकी छन् । 

सन् २००७ मा शाहरुख खानको विपरित सुपरहिट फिल्म ‘ओम शान्ति ओम’ बाट उनले बलिउडमा डेब्यू गरेकी थिइन् । उनले अहिलेसम्म २० भन्दा बढी फिल्महरुमा अभिनय गरिसकेकी छिन् । 

दीपिका पादुकोण पछिल्लो पटक फिल्म ‘बाजीराव मस्तानी’ मा देखिएकी थिइन । रणवीर सिँहका साथ देखिएकी दीपिका अभिनित उक्त फिल्मलाई सञ्जय लीला भन्सालीले निर्देशन गरेका थिए । 

सन् २०१७ मा उनको पहिलो हलिउड फिल्म ‘ट्रिपल एक्स’, ‘द जेण्डर केज’ रिलीज भएको थियो । यसका साथै फिल्म ‘राबता’ को टाइटल सङमा उनले ‘स्पेशल अपीयरेन्स’ दिएकी थिइन् ।

दीपीकाको केही दिन पछि फिल्म ‘पद्मावती’ मा देखिदै छिन् । सञ्जय लीला भन्सालीको निर्देशनमा तयार भएको बहुप्रतिक्षीत फिल्म ‘पद्मावती’ मा रणवीर सिँह र शाहिद कपूरको पनि अहम भूमिका रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved