१८ वर्षीया युवती जस्ले बच्चा जन्माएको ३० मिनेटमै परीक्षा दिइन्

  • प्रकाशित मितिः श्रावण, 4, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / अफ्रिकी देश गिनीकी एक १८ वर्षीया युवतीले बच्चा जन्माएको ३० मिनेट नपुग्दै परीक्षास्थल पुगेर परीक्षा दिएकी छिन्।


गिनीको मामोउ शहरमा गत मंगलबार फातोउमाता कोरोउमाले बच्चा जन्माएकी हुन्। जुन दिन उनले छोरा जन्म दिइन् त्यही दिन उनको परीक्षा थियो।

‘सोमबार बिहानदेखि नै पेट दुख्न थालेको थियो।’ उनले भनिन्,‘तर मैले भोलिपल्ट हुने परीक्षाको तयारी साहसका साथ गरे। आफ्ना श्रीमानलाई समेत परीक्षाको बारेमा भनिन्।’

‘मलाई स्नातक तह पास गर्नु छ। बच्चा जन्म दिनु अगाडि र पछाडि मलाई परीक्षाको चिन्ता थियो।’ उनी भन्छिन्,‘बच्चा जन्म दिएपछि मैले परीक्षा दिने नै निधो गरे। तर मलाई परिवारले आराम गर भन्लान् भन्ने चिन्ता थियो। किनभने म शारीरिक पीडामै थिए।’

यद्यपी बच्चा जन्म दिनासाथ परिवारको जिम्मामा लगाएर आफू जबर्जस्ती परीक्षास्थल पुगेको उनले एएफपीलाई बताइन्।

परीक्षास्थल पुग्दा ढिला भइसकेको थियो। यद्यपी निर्णायक परीक्षा भएकाले उनले परीक्षास्थल पस्ने अनुमति पाइन्।

फातोउमाताका श्रीमान प्रहरी हुन्। उनले यस घटनाबारे थाहा पाएपछि भने,‘उनी साह्रै जिद्दी छिन्।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved