नेपाल–बंगलादेश बैंकका शाखा प्रमुख पक्राउ

  • प्रकाशित मितिः असार, 22, 2076
  • नवराज कट्टेल

विराटनगर /  कर्जा माग्न गएकी महिला सेवाग्राहीलाई खाजा खुवाउन प्रस्ताव गरेर होटलमा पु¥याएपछि जर्बरजस्ती करणी गर्ने नेपाल–बंगलादेश बैंकका शाखा प्रमुख प्रहरी नियन्त्रणमा परेका छन् । मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया बजार शाखामा कार्यरत अमित बास्तोला प्रहरी नियन्त्रणमा परेका हुन् । उनले २०७५ चैत २२ गते बैंक पुगेकी एक महिलालाई जर्बरजस्ती करणी गरेर फरार भएका थिए । बास्तोलालाई प्रहरीले तीन महिना ४ दिनपछि असार १६ गते नियन्त्रणमा लिइएको हो ।

मोरङ प्रहरीका प्रवक्ता घनश्याम श्रेष्ठले महिलाको उजुरीका आधारमा उनलाई लामो समयपछि नियन्त्रणमा लिइएको बताएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार विराटनगर–४ निवासी एक महिला २०७५ चैत २२ गते बैंकको शाखामा पुगेकी थिइन् । उनलाई बास्तोलाले खाजा खुवाउने भन्दै दिउँसो २ बजे रंगेली–७ को एक होटलमा लिएर पुगेका थिए । होटलमा पुगेपछि सेक्स गर्न दिए मात्रै कर्जा स्वीकृत गर्ने बताएका उनले केहिबेरमै जर्बरजस्ती करणी गरेको भन्दै पीडितले उजुरी दिइएकी थिइन् ।

पीडितले बैंकमा चारलाख रुपिँया कर्जा मागेकी थिइन् । चारलाख स्वीकृत गर्नका लागि बास्तोलाले अफर गरेको पीडितले उजुरीको उल्लेख गरेकी छिन् । बास्तोलाको अफर नमान्दा होटलको एकान्तमा जर्बरजस्ती करणी गरेको पीडित महिलाले प्रहरीलाई दिइएको उजुरीमा खुलाएकी छिन् । पीडितले प्रहरीमा जाहेरी दिने बताएपछि बास्तोला फरार रहँदै आएका थिए । प्रहरीले निगरानी बढाईरहेका बास्तोलालाई रंगेली–७ बाटै नियन्त्रणमा लिइएर जर्बरजस्ती करणी अन्तर्गत सातदिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

झापा बुद्धशान्ति गाउँपालिका–७ स्थायी घर भएका बास्तोलाका आफन्तले भने पीडित भनिएकी महिलाको नियत गलत देखिएको दावी गरेका छन् । बैंकमा कर्जा लिन त्यहाँ पुगेकी महिलाले फसाएको र पीडित भनिएकी महिलाको समेत विगतको व्यवहार राम्रो नदेखिएको आफन्तको भनाई छ । पीडित महिला समेत यस अगाडी एकजना महिलालाई जर्बरजस्ती यौन सम्पर्कमा लगाएको आरोपमा मोरङ प्रहरीको नियन्त्रणमा परिसकेकी छिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved