२३ अर्व ४३ करोड कर छली भएको पुष्टि : राजश्व विभागद्धारा ३४२ व्यक्तिमाथि मुद्दा दायर

  • प्रकाशित मितिः असार, 12, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / वर्षौदेखि मिलेमतो र सेटिङमा हुँदै आएको कर छली वढ्दै गएको छ । कर छलीमाथि अनुशन्धान र कारवाही गर्ने दायीत्व वोकेका सरकारी निकायको कम्जोरीको फाईदा उठाउँदै उध्योगी–व्यवासायीले वर्षेनी अर्वौ रुपैंया कर छली गर्दै आएका छन् । आर्थिक क्षेत्रका विज्ञहरुले सरकारी निकायका पदाधिकारीसँगको मिलेमतो अनि सेटिङमा उध्योगी तथा व्यवसायीले कर छली गर्ने गरेको वताउँदै आएका छन् ।

कर असुली र कर छलीका विषयमा अनुशन्धान अनि कारवाहीको जिम्मेवारी पाएको राजश्व अनुशन्धान विभागले यो वर्ष गरेको छानविन र अनुशन्धानले मात्रै एक वर्षको अवधिमा २ अर्व ४३ करोड कर छली भएको फेला पारेको हो । विभागले कर छलीमा संलग्न ३ सय ४३ व्यक्तिमाथि मुद्दा दायर गरेपछि कर छलीको यति ठुलो अनि डरलाग्दो तथ्याङक सार्वजनिक भएको हो ।

विभागले यो वर्ष मात्रै कर छलीका ८१ वटा मुद्दामा २ सय ३८ व्यक्तिलाई दोषी किटान गरी मुद्दा दायर गरीएको जनाएको छ । विभागले उनीहरुवाट बिगो र जरिवाना सहित १८ अर्ब ३२ करोड रुपैयाँ असुल उपर गर्न र उनीहरुलाई ३ वर्ष कैद गर्न माग दावी सहित मुद्दा दायर गरेको विभागका अधिकारीले जानकारी गराएका छन् । पछिल्लो समय नक्कली बिल बिजक तयार पारी कारोबार गर्ने, बिल बिक्रि गर्ने र नक्कली कम्पनी खडा गरी राजस्व संकलनमा प्रभावित पार्ने काम व्यापक रुपमा हुने गरेको सुचना पाएकाले विभागले छानविन र अनुशन्धानलाई तिव्रता दिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी गराएका छन् ।

विभागले यो वर्ष चोरी पैठारी भएर आएको ६६ दशमलव ४० किलो सुन बरामद गरेको समेत मैनालीले जानकारी गराए ।उनले ‘विदेशी विनिमय अपचलन र अवैध हुण्डी कारोबारमा संलग्न १ सय ४ जनाविरुद्ध मुद्धा दायर भएको पनि जानकारी गराएका छन्।’ विनिमय अपचलन तथा हुण्डीको मुद्दामा उनीहरुमाथि ५ अर्ब ११ करोड रुपैयाँ बिगो कायम गरी बिगोको तेब्बरसम्म जरिवाना र तीन वर्षसम्मको कैद मागसहित विभागले मुद्दा दायर गरेको समेत उनले जानकारी गराएका छन् ।

२०६८ सालवाट सुरु भएको मानिएको नक्कली भ्याट बिल बनाएर कर छली गर्ने गरेको विषय सो समयमा छानविन पछि रोकिए पछि यो काम निरन्तर चल्न थालेको विभागका अनुशन्धान अधिकारीको भनाई छ । सो समयमा छानविन गरी दोषी पाईएका देशकै ठुला व्यवसायी र उध्योगीमाथि कारवाही विभागले अघि वढाएपछि उच्च राजनितिक नेतृत्वका कारण स्थगन गरीएको थियो । सो समयमा कर छलीमा संलग्न पाईएकाले विभागको कारवाही रोक्न अदालत पुगेका थिए । सो समयका मुद्दा समेत हालसम्म पनि अदालतमा विचाराधिन रहेका छन् ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved