बिहीबार कोरियन मुद्राको भाउ केही बढ्यो, अन्य विदेशी मुद्राको विनिमयदर कति

  • प्रकाशित मितिः असार, 5, 2076
  • पहिलो किताब संवाददाता

काठमाण्डौ / बिहीबार कोरियन वन बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा थियो ।

यस्तै बिहीबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा र बिक्रीदर २९ रुपैयाँ ८१ पैसा छ । हिजो बुधबार यसको खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा छ । हिजो यसको खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा छ । मंगलबार दिर्हामको खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा थियो । बिहीबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६४ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । बुधबार यसको खरिददर २६ रुपैयाँ ६० पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ ।

आज कोरियन वनको भाउ भने केही बढेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५० पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा रहेको थियो । बिहीबार कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ६९ पैसा छ ।

हिजो खरिददर ३६५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ५५ पैसा थियो । यस्तै बिहीबार बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ । बुधबार यसको खरिददर २९५ रुपैयाँ ०३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved