सटर फोड्ने क्रममा ७ जना पक्राउ

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रहरीले सुनचाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ।मंगलबार राति कागेश्‍वरी मनोहरा नगरपालिका–६, मूलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा ७ जनालाई पक्रउ गरेको हो।पक्राउ पर्नेमा भारत मोतीहारी, घोडा सहनी घर भई हाल सोही मूलपानीमै सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डुकुमार सहित ७ जना रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदीजस्तो देखिने सेतो धातु २ केजी, फलाम काट्न प्रयोग गर्ने ब्लेड २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत प्रहरीले बरामद गरेको प्रहरीले जनाएको छ। सातै जनालाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरील जनाएको छ। ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved