छोरी भगाएको निहुँमा पानीको ट्यूबेल उखेलियो

  • प्रकाशित मितिः बैशाख , 31, 2076
  • पहिलो किताब संवाददाता

बिराटनगर / माथिल्लो जातकी छोरी भएको भन्दै मोरङको बुढीगंगा गाउँपालिका–२ का ४ घर ऋषिदेव परिवारलाई गाउँमा पानी खानबाट बन्चित गरिएको छ । थापा मगर समुदायकी छोरी ऋषिदेव समुदायको घरमा भित्रिएपछि सुरु भएको विवाद पानी खान नदिनेसम्मको स्थितिमा आईपुगेको हो ।

चार परिवारले प्रयोग गर्दै आएको सार्वजानिक ट्यूवेल थापा मगर समुदायले उखालिदिएको छ । ट्यूबेल उखेलीदिएपछि ठाकुर, दिपनारायण, खगनी ऋषिदेव परिवारले पानी खान समेत पाएको छैन ।
घटनाले उग्र रुप लिँदा एक महिना अगाडीको ट्यूबेल भत्काएपछि तीनदिन अगाडी शुक्रबार नयाँ गाडिएको थियो । त्यो पनि भत्काई दिएपछि पानी खान पाउने अधिकार समेत खोसिएको छ ।

पानी नै खान नपाउने भएपछि ऋषिदेव परिवार नयाँ बेहुली भित्र्याउने हतारो भन्दा गाउँ छोड्नुपर्ने चटारोमा परेको छ । गत बैशाख १८ गते ठाकुर र सुगावतीका छोरा सनीले स्थानीय रामु थापामगरकी छोरी १८ वर्षीया सिर्जनालाई लिएर हिडेका थिए । ऋषिदेव र मगरबीचको घरपरिवारमा त्यस अगाडी असाध्यै राम्रो प्रेमभाव थियो ।

अभिभावकमा भएको प्रेमभावलाई छोरो र छोरीले विवाह सम्बन्धमै स्थापित गर्ने योजना बुनेर भागेपछि ऋषिदेव परिवारमा थापा परिवार खनियो । यहि विवादले अहिले सनी ऋषिदेवका ठाकुर र आमा सुगावती विस्थापित छन् । यति मात्रै नभई उनीहरुसँगै रहेका अन्य ऋषिदेव परिवार पनि पानी खानबाट बन्चित छन् ।

बुढीगंगा गाउपालिका–२ का वडा अध्यक्ष रेवती नारायण चौधरीले कसैले पानी खानबाट बन्चित गराउन नमिल्ने बताएका छन् । पटक–पटक कुटपिट गर्ने र धाकधम्की दिने क्रम नरोकिएपछि छोरा खोज्न भनेर हिडेका उनीहरु घर फर्किएका छैनन् । छोराले नयाँ बेहुली भित्र्याउला भन्ने आशा गरिएको घर खाली छ । तर, १८ वर्षमै विवाह गर्न नमिल्ने भएपछि ऋषिदेव परिवारले गाउँ छोडेर भाग्नुपर्नका अर्को कारण समेत बनेको अनुमान गरिएको छ ।

मगर परिवारले छोरी फिर्ता ल्याइदिन आग्रह गर्दा नमानेपछि समस्या भएको बताउँदै आएका छन् । मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले उमेर नपुगी विवाह गर्न नपाइने बताएका छन् । उनले कानुन विपरित काम गर्ने दुवैलाई कारवाहीको दायरामा ल्याइने बताएका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved