पत्रकारिता सत्य, तथ्य र जिम्मेवार हुनुपर्छ मुख्यमन्त्री राई

  • प्रकाशित मितिः बैशाख , 9, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर / प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पत्रकारिता सत्य, तथ्य र जिम्मेवार हुनपर्ने बताएका छन् ।प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा राष्ट्रिय समाचार समितिको प्रदेश नं–१ स्तरीय पत्रकारिता प्रशिक्षणको आज विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् ।यसलाई जनताले भरोसा गर्ने सशक्त र आधिकारिक सञ्चार माध्यममा बदल्नुपर्छ मुख्यमन्त्री राईले भने ।

देशको परिवर्तन र विकासमा सिङ्गो पत्रकारिताको उल्लेख्य भूमिका छ, उनले भने त्यसको हामी कदर गर्न चाहन्छौँ ।उनले परम्परागत ढङ्गले राससलाई हेर्न हुन्न भन्नेबारे आफू स्पष्ट रहेको जनाउँदै प्रादेशिक तहमा यसका सेवा र संरचना व्यवस्थित हुन सक्नुपर्नेमा जोड दिए ।मुख्यमन्त्री राईले राससलाई नूनको सोझो मात्रै नगरी सरकारका कमजोरीका विषयमा पनि सत्य, तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न सुझाउँदै कुनै सञ्चार माध्यमले गलत नियत राखेर समाचार सम्प्रेषण गरेमा राससका समाचारबाट खण्डन हुने अवस्था आउनुपर्ने बताए ।

आफू केन्द्र सरकारको सञ्चारमन्त्री हुँदा राससमा सुधारका थुप्रै प्रयास थालेको र अहिलेको नेतृत्वले त्यसलाई साकार गरेकामा उनले प्रसन्नता व्यक्त गरे ।पत्रकारिता क्षेत्रले सत्य र तथ्यका आधारमा विगतको परिवर्तन झैँ समृद्धिको विकासमा सहयोगी हुनुपर्ने बताउँदै उनले साँघुरो घेराबाट समृद्धिको लक्ष्यमा पुग्न नसकिने भएकाले भ्रष्टाचार वा कुनै कमजोरी तथ्यसहित बाहिर आएमा त्यसमा संलग्नलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गरे ।

तीन दिनसम्म चल्ने प्रशिक्षणमा समाचार सङ्कलन, प्राथमिकता, सम्पादन, आलेख र खोजी समाचार, संसदीय समाचार सङ्कलन, प्रदेश सरकारका गतिविधि, फोटो पत्रकारितालगायत विषयमा अभिमुखीकरण हुनेछ ।कार्यक्रममा यस प्रदेशका १४ जिल्लाका राससका स्थायी र स्थानीय समाचारदाता गरी करीब ३० जनाको सहभागिता रहेको रासस प्रदेश नं–१ का प्रमुख मोहम्मद सदरुलले जानकारी दिए । राससले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा यस प्रकारको प्रशिक्षण सम्पन्न गरिसकेको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved