२० बर्षिया युवतीलाई बलात्कार गर्ने झापाका तामाङ पक्राउ

  • प्रकाशित मितिः चैत्र, 13, 2075
  • पहिलो किताब संवाददाता

भद्रपुर / झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले बताए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved