झापाबाट खाल्डो खनेर राखिएको सखुवाको काठ बरामद

  • प्रकाशित मितिः चैत्र, 13, 2075
  • पहिलो किताब संवाददाता

भद्रपुर / डिभिजन वन कार्यालय झापाले दमक नगरपालिका–५ स्थित फर्निचर उद्योगले खाडलमा लुकाएको सखुवा जातको काठ बरामद गरेको छ । धनेश्वर काष्ठ तथा दाउरा खरीद बिक्री केन्द्रले उद्योग परिसरमै खाल्डो खनेर लुकाएको तीन सय दश दशमलव २५ क्यूफिट सालको चिरान काठ सोमबार बरामद गरेको जनाएको छ ।

विशेष सुराकीको आधारमा सो काठ डिभिजन वन कार्यालय, सवडिभिजन वन कार्यालय दमक र सुरुङ्गाबाट गएको टोलीले काठ बरामद गरेको हो । सो काठ सवडिभिजन वन कार्यालय सुरुङ्गामा राखिएको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले बताए ।

उद्योगका प्रमुख सोमबहादुर तामाङ भने फरार रहेको कार्यालयले जनाएको छ । उनको खोजी कार्य गरिरहेको जनाउँदै प्रमुख घिमिरेले भने, “तामाङलाई वन ऐन २०४९ अनुसार एक वर्ष जेल सजाय र काठको बिगोअनुसारको जरिवाना हुनेछ ।”



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved