धनकुटामा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, सहचालक गम्भीर

  • प्रकाशित मितिः चैत्र, 12, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुन्थलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सह–चालक गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा धनकुटाको छथर–जोरपाटी गाउँपालिका–५ का ३० वर्षीय ट्याक्टर चालक जितन घिमिरे रहेको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते भएका २९ बर्षिय सह–चालक रत्न बहादुर गुरुङको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved