इटहरीका कृषकहरुलाई पशुबिमाको तालिम

  • प्रकाशित मितिः चैत्र, 12, 2075
  • लिलाराज भट्टराइ

सुनसरी / प्रिमियमको ७५ प्रतिशत सरकारले अनुदान दिने गरेको भएपनि इटहरीमा पशु विमा अत्यन्तै न्यून हुने गरेको पाइएको छ । त्यसैले पशुविमाका लागि उपमहानगरवासीलाई प्रोत्साहित गर्न इटहरी उपमहानगरपालिकाले पाँच ठाँउमा तालिम कार्यक्रम गरेको छ ।

उपमहानगरका वीस वटै वडालाई समेटेर पाँच ठाँउमा कृषकहरुलाई भेला पारेर पशुविमाको महत्व,फाइदा र पशु विमा गर्ने वारेमा जानकारी गराइएको इटहरी उपमहानगर पशुपंक्षी विकास शाखाका प्रमुख डा शुलेश्वर मण्डलले जानकारी दिए ।

तालिममा कृषकहरुले पशुविमाका वारेमा जानकारी नभएर विमा नगर्ने गरेको गुनासो गरेका छन । पाँचै ठाँउमा तालिममा कृषकले उठाएका समस्या समाधान गर्न आयोजित अन्तरक्रिया कार्यक्रमहरुमा विमा कम्पनीका प्रतिनिधिहरुले पशुविमाका वारेमा प्रचार प्रसारमा कमि भएको स्वीकारेका छन् ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरीका सवै वडालाई समेटेर तालिम पछि पशुविमा गरेर कृषक लाभान्वित हुने अपेक्षा ब्यक्त गरेका छन् ।

उनले कृषिलाई उपमहानगरले प्राथमिकतामा राखेको र आगामी वर्षको वजेटमा कृषकले उठाएका समस्या समाधानका लागि सम्वोधन गरिने वताए ।

वडाध्यक्ष भगवान लाल शाह कृषकले पशुविमा वापत पाउने क्षतीपूर्ती रकम लिदा झण्झट दिनु नहुनेमा जोड दिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved