गायक प्रेम घिमिरे देखिए तामाङ सेलोको भिडियोमा(भिडियोसहित)

  • प्रकाशित मितिः चैत्र, 8, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / गायक प्रेम घिमिरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । 'मैच्याङकै झल्को' बोलको म्युजिक भिडियोमा उनी गायकको रुपमा नभइ एक मोडलका रुपमा देखा परेका छन् ।

गायन क्षेत्रमा निकै रुचि राख्ने घिमिरे संगितमै मास्टर डिग्री समेत गर्दैछन् । उनका केही गीतहरु सार्वजनिक भइसकेका छन् भने केही सार्वजनिक हुने तयारीमा छन् ।

मोरङको सुन्दरहरैचा–५ स्थाई घर भएका घिमिरेको अभिनय भने यो पहिलो पटक हो । साथीको सल्लाहका कारण म्युजिक भिडियोेमा अभिनय गर्ने मौका पाएको उनी बताउँछन् ।

घिमिरेसँगै उक्त म्युजिक भिडियोमा दोर्जे लामा, सुमिता चौधरी, सर्मिला मगर लगाायतका कलाकारहरुको अभिनय रहेको छ भने भिडियो दिनेश न्यौपानेले निर्देशन गरेका छन् ।

उमेश लामा र विष्णु धितालको स्वर रहेको उक्त गीतमा शब्द/संगित छवी खड्काको रहेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved