साफ महिला च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै नेपाल फाइनलमा

  • प्रकाशित मितिः चैत्र, 6, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / विराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० को फराकिलो अन्तरले हराउँदै नेपालले फाइनलमा स्थान बनाएको हो।

पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा लगातार ३ गोल गरेको हो।

नेपाल सामु श्रीलंका निरिह बन्न पुग्यो। नेपालका लागि खेलको ४२ औं पुनम चर्गा मगरले सुरुवाती गोलगर्दा खेलको ७३ औं मिनेटमा अनिता बस्नेतले दोस्रो गोल गरेकी थिइन्।

यस्तै नेपालका लागि तेस्रो गोल खेलको ८२ औं मिनेटमा सावित्रा भन्डारीले गरेकी थिइन्। खेलको ८६ औं मिनेटमा रेखा पौडेलले नेपालका लागि चौथौं गोल गरेकी हुन्।

यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। नेपालले अब शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

नेपालले अब फाइनलमा भारत र बंगलादेशमध्ये एकसँग खल्नेछ।

दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशबीच केहीबेरमा दोस्रो सेमिफाइनल सुरु हुदैछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved