मुख्यमन्त्री राईद्वारा फागु पर्वको शुभकामना

  • प्रकाशित मितिः चैत्र, 6, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागुपूर्णिमा (होली) पर्व २०७५ को अवसरमा स्वदेश था विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईद्धारा आज जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, असत्यमाथि सत्यको विजयको पर्वका रुपमा लिइने होली पर्व मुलुकभर हर्षोल्लासपूर्वक मनाइने राष्ट्रिय पर्व हो, रङको पर्व मानिने यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने मैले विश्वास लिएको छु । हाम्रा चाडपर्वले विविधतायुक्त नेपाली समाजमा सद्भाव बढाउँदै एकताबद्ध गर्न र आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्वद्र्धन गर्न अभिप्रेरित गरिरहेको छ ।

यस पर्वले सबै नेपालीमा खुशीका रङहरु छर्दै नयाँ उत्साह र उमङ्गका साथसबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै प्रदेशको विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने उत्प्रेरणा हामी सबैमा मिलोस् भन्ने शुभकामना मुख्यमन्त्री राईले व्यक्त गरेका छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved