बंगलादेशमाथि सहज जित निकाल्दै नेपाल बन्यो समूह विजेता

  • प्रकाशित मितिः चैत्र, 2, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशमाथि सानदार जित निकाल्दै समूह 'ए' को विजेता बनेको छ ।

विराटनगरको शहिद रंगशालामा भएको खेलमा नेपालले बंगलादेशलाई ३ - ० ले पराजित ग¥यो ।

नेपालले खेलको छैटौं मिनेटमा उपहार गोलबाट अग्रता लिएको थियो । अनिता बस्नेतले प्रहार गरेको बल क्लियर गर्न खोज्दा बंगलादेशकी मसुरा पर्भिनले आफ्नै पोष्टमा गोल गरिन् ।

घरेलु दर्शकको साथ पाएको नेपालले खेलमा गोल गर्ने राम्रो अवसर सिर्जना गरेपनि गोल गर्न चुकेका थिए । सावित्रा भण्डारी वान भर्सेस् वानको स्थितिमा गोल गर्न चुकेकी थिइनन् । खेलको १०औं मिनेटमा अर्को गोल गर्ने अवसर खेल फाल्यो । कप्तान निरु थापा वान भर्सेस् वानमा गोल गर्न चुकिन ।

तर, २३औं मिनेटमा सावित्राले डिफेन्डरलाई छक्याएर उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

त्यसको पाँच मिनेटपछि साबित्राकै पासमा मञ्जलीकुमारी योञ्जनले गोल गरिन् । योसँगै नेपाल ३ - ० गोलको अग्रतामा रह्यो ।

दोस्रो हाफमा नेपालले गोल गर्ने पटक पटक प्रयास गरेपनि बंगलादेशका गोलकिपर रुप्ना चक्मा बाधक बनिन् ।

उता गोलको खोजीमा रहेको बंगलादेशले दोस्रो हाफमा गोल गर्ने राम्रो अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । खेलमा फर्किन संर्घषरत बंगलादेशले थप समयमा गोल गर्न नसक्दा खेल नेपालले ३ - ० ले जित्यो ।

यो विजयसँगै नेपालले आगामी बुधबार हुने सेमिफाइन खेलमा समूह ‘बी’ अन्तर्गतको भोलि हुने खेलको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि समूह ‘बी’ अन्तर्गतको भारत र श्रीलङ्का बीचको अन्तिम खेलपछि समूह विजेता र उपविजेताको निर्णय हुनेछ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved