लिम्बुवान स्प्रिङ आन्दोलनका अभियान्ताले पाए धरानमा सम्मान

  • प्रकाशित मितिः चैत्र, 1, 2075
  • पहिलो किताब संवाददाता

धरान / धनकुटाको राजारानीबाट पक्राउ परेका ११ जना लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ताहरुलाई प्रहरीले छोडेपछि बिहिबार धरानमा भब्य स्वागत तथा सम्मान गरिएको छ । धरान स्थित भानु चोकमा लिम्बुवान प्राप्तिका लागि युवाहरुले आन्दोलन लाई उचाइमा पुर्याइएको भन्दै सम्मान गरिएको हो ।

किरात याक्थुङ चुम्लुङको २२ राष्ट्रिय चुम्लुङ परिषद्को कार्यक्रमका प्रमुख अथिति प्रदेश नम्मबर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई कालो झण्डा प्रद्धर्शन गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । तर,प्रहरीले उनीहरुलाई तिन घण्टा पछि छाडिदिएको थियो । छाडे लगत्तै उनीहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

सम्मान पश्चात गरिएको कोण सभामा मा बोल्दै संगम सुहाङले लिम्बुवान आन्दोलन फिस्टाहरुको आन्दोलन भन्दै खिल्ली उडाएको तथा समाजिक सञ्जाल फेसबुक मा मात्र आन्दोलन गरेको भन्दै होच्याउने काम गरेको कारण आफुहरुले कालो झण्डा देखाउनु परेको बताए ।

कन्काइ नपा ७ झापाका ३४ वर्षिय इक्साहाङ चेम्जोङ, भद्रपुर नपा १० झापा का ३५ वर्षिय संगम सुभाङ, बुद्धशान्ति गापा ४ झापा का २४ वर्षिय विशाल साँबा, बुद्धशान्ति गापा ४ झापा का २६ वर्षिय आदाङ्बे सम्बाहाङ्फे, मैवा खोला गापा ३ ताप्लेजुङका २९ वर्षिय बुद्ध वनेम, सिदिङ्वा ४ ताप्लेजुङका २१ वर्षिय मिराक लिम्बु, याङवरक गापा ३ ताप्लेजुङका १९ वर्षिय वलबहादुर इजम, धरान नपा ५ सुनसरीका १९ वर्षिय बुद्धहाङ लिम्बु, धरान ५ सुनसरीका १७ वर्षिय मनिष भुजेल, धरान नपा १९ सुनसरीका १९ वर्षिय सजन याक्खा र वोया नपा १४ भोजपुरका २० वर्षिय सुभाष तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

लिम्बुवानकै नाम लिएर अघि बढ्ने अनि लिम्बूवान बिरोधी घातपूर्ण काम गर्ने विरोधी नेताहरुलाई कालो झण्डा देखाउने कार्यक्रम अनुसार लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ताहरुले कालो झण्डा देखाएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved